back
CTIZAN AD

एसकाे घोषणापत्र : ओलीको कारण राजनीतिप्रति नै वितृष्णा

वि.सं.२०७९ कात्तिक १४ सोमवार

672 

shares

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको हो ।

एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादीको घोषणापत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतृत्वप्रति आक्षेप लगाइएको छ ।

ओलीको दक्षिणपन्थी अवसरवादका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भएको आरोप लगाएको एकीकृत समाजवादीले घोषणापत्रमा लेखेको छ, ‘२०७४ मा हामी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनावी गठबन्धन बनाई यहाँहरूबिच आएका थियौँ र झन्डै दुई तिहाई संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा संघीय सरकार निर्माण गरिएको थियो । त्यस सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिवद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो ।’

एकीकृत समाजवादीले ‘हाम्रो विद्रोह र पार्टी पुनर्गठन’ शीर्षकमा एमाले नेतृत्वप्रति आक्रोश र नयाँ पार्टीको जन्मबारे उल्लेख गरेको छ ।

यसबारे घोषणापत्रमा उल्लेख गरिएको छ :

२०७४ मा हामी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनावी गठबन्धन बनाई यहाँहरूबिच आएका थियौँ र झन्डै दुई तिहाई संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा संघीय सरकार निर्माण गरिएको थियो । त्यस सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिवद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो ।

त्यति मात्र होइन एमाले नेतृत्वमा दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिष्ट विचार, गलत आचरण र षड्यन्त्रकारी कार्यशैली समेत विकास भयो, जसको कारण कम्युनिष्ट पार्टी र सिंगो कम्युनिष्ट आन्दोलनलाई नै ठुलो क्षति भयो । हामीले नेकपा (एमाले)मा व्याप्त अवसरवाद, गैरकम्युनिष्ट विचार, आचरण र कार्यशैली सुधार्नका लागि धेरै प्रयास ग¥यौँ । एमाले नेतृत्वलाई सुधार्न र ठीक ठाउँमा ल्याउन नसकिने ठहर गरिसकेपछि हामीले विद्रोह गर्‍यौँ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन ग¥यौँ । अहिले हामी ।।।कलम’ चुनाव चिन्ह लिएर यहाँहरूमाझ आएका छौँ ।

देशका तमाम गरिब, मजदुर, किसान, मध्यमवर्ग र राष्ट्रिय उद्यमी सबैका मनमा कम्युनिष्ट आन्दोलनले जुन आशा र भरोसा जगाएको थियो, त्यसलाई हामी पुनः जागृत र विकसित गर्न चाहन्छौँ । हामी कम्युनिष्ट आन्दोलनमा नयाँ पुनर्जागरण ल्याउन चाहन्छौँ र त्यसमार्फत् व्यापक पुनर्गठन गर्न चाहन्छौँ । नेपाली समाजको आमूल परिवर्तनका लागि सही विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशा तथा सोहीअनुसारको सब्गठन, नेता–कार्यकर्ताहरूको असल आचरण र कार्यशैली भएको कम्युनिष्ट पार्टीको आवश्यकता आज सबै प्रगतिशिल तथा क्रान्तिकारी जनसमुदायले गरिरहनुभएको छ । सही कार्यक्रमका आधारमा मात्रै व्यापक स्तरमा कम्युनिष्ट एकता सम्भव हुन सक्छ । जालझेल, षड्यन्त्र, झुठा आश्वासन र तिकडमका आधारमा गरिने पार्टी एकता वा नेतृत्व कब्जाबाट कम्युनिष्ट आन्दोलनको पुनर्गठन हुन सक्दैन । यही बुझेर नै हामीले बुलन्दीका साथ विद्रोहको झन्डा उठाएका हौँ । तत्कालिन नेकपा (एमाले) बाट गरिएको हाम्रो विद्रोह देशको कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवाद र विसर्जनवादको दलदलबाट जोगाउनका लागि थियो । नेकपा (एमाले) को नेतृत्वमा देखापरेको विचारहिनता, चरम दक्षिणपन्थी विचलन, व्यक्तिवाद, अहंकारवाद, गुटवाद, नेतृत्वतहबाटै संस्थागत र नीतिगत भ्रष्टाचारका साथै भ्रष्टाचारीहरूको संरक्षण र निरब्कुश कार्यशैलीका विरुद्ध विद्रोह गरी हामीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन गरेपछि वैधानिक राजनीतिक दलका रूपमा नेपाली जनताका अगाडि उपस्थित भएका छौँ ।

हामी नेपाली लोकतन्त्रलाई निरन्तर सुदृढ, समृद्ध र जनमुखी बनाउन चाहन्छौँ । जननेता कमरेड मदन भण्डारीले भन्नुभएको थियो । लोकतन्त्र कानमा लगाउने कुण्डल होइन अर्थात् लोकतन्त्र प्रदर्शन गर्ने गहना मात्रै होइन, यो जनताको जीवनमा लागु हुनुपर्दछ ।

जबसम्म मानिसको पेट भोकै रहन्छ, बोल्ने–लेख्ने र सभा–संगठन गर्ने अधिकारको सही उपयोग नै हुन सक्दैन । बिरामी पर्दा उपचार पाउन नसक्ने अवस्थाको मानिसलाई लोकतन्त्रका अधिकार कागलाई बेल पाकेजस्तै हुन्छ । आफ्ना बालबच्चालाई विद्यालय पठाउने बेलामा साहुको घरमा कामदार राख्न बाध्य हुनुपर्ने, कानुनले अवैध भनेको बालश्रममा पठाउनुपर्ने अभिभावकका लागि लोकतन्त्रले आशा जगाउन सकेन भने अवश्य पनि निराशा बढ्न थाल्छ । रोजगारीको खोजीमा विदेशी भूमिमा पसिना बगाउन बाध्य युवा–युवतीहरूका लागि लोकतन्त्रले देशभित्रै कामको ग्यारेन्टी गर्ने बाटो देखाएमा मात्रै लोकतन्त्रलाई आम जनताले अनुभूत गर्न सक्छन् ।” यसैले हामी कम्युनिष्टहरूको परिभाषामा बोल्ने, लेख्ने, सभा–सब्गठन गर्न पाउने, योग्यताअनुसार रोजगारी पाउने, पढ्ने उमेरमा शिक्षा पाउने र बिरामी पर्दा उपचारको व्यवस्था हुनुका साथै अपांगता भएका व्यक्ति तथा बृद्ध उमेरका नागरिकहरूले सामाजिक संरक्षण पाउने व्यवस्था नै वास्तविक लोकतन्त्र हो । हामी नेपाली समाजमा यस्तै समाज व्यवस्था स्थापना गर्न चाहन्छौँ ।

हामी अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै लैजान चाहन्छौँ । हामी सबै नागरिकहरूलाई गाँस–बाँस–कपासको प्रत्याभूति, शिक्षा र स्वास्थ्य उपचार निःशुल्क हुने, उत्पादनका साधनमाथि समान हक हुने, सामाजिक न्याय एवं समानता र बोल्ने, लेख्ने, सभा–सब्गठन गर्ने स्वतन्त्रतासहितको समृद्ध लोकतान्त्रिक समाज व्यवस्था अर्थात वास्तविक समाजवादी व्यवस्था स्थापना गर्न चाहन्छौँ । यही दृढसंकल्प यहँहरूसमक्ष प्रस्तुत गर्दछौँ ।

सम्बन्धित समाचार

के छ एकीकृत समाजवादीको घोषणापत्रमा ? हेर्नुहाेस् पूर्णंपाठ

वि.सं.२०७९ कात्तिक १४ सोमवार १५:१० मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...