back
CTIZAN AD

पूर्वसहकर्मी छविलाल र घनश्यामबीचकाे प्रतिष्पर्धा, कसकाे अवस्था कस्ताे ?

वि.सं.२०७९ कात्तिक १५ मंगलवार

798 

shares

बुटवल । केही समयअघिसम्म एउटै पार्टीमा सहकर्मी रहेका एमाले सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल अहिले एकअर्काका प्रतिष्पर्धी छन् । एउटै पार्टी कमिटीमा काम गरेका उनीहरू अहिले भने एक अर्काको आलोचनामा सबभन्दा बढी समय बिताउने गरेका छन् ।

रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार बनेका घनश्याम भुसालले एमालेले प्रतिष्पर्धी उम्मेदवार छविलालमाथि तीखो टिप्पणी गर्दै चुनाव प्रचार गरिरहेका छन् भने विश्वकर्माले भुसालमाथि राजनीतिक चरित्र नभएको र पार्टी छाड्दै हिंड्नेको कुनै विश्वास् नहुने भन्दै मत मागिरहेका छन् ।

एमालेको नवौं महाधिवेशनबाट घनश्याम भुसाल उपमहासचिवमा निर्वाचित हुँदा छविलाल विश्वकर्मा स्थायी कमिटी सदस्य थिए । गतवर्ष चितवनमा सम्पन्न १० औं महाधिवेशनमा विश्वकर्मा सचिवमा निर्विरोध निर्वाचित भए भने भुसाल उपाध्यक्षमा पराजित भए । पराजित भए पनि स्थायी कमिटीमा पुगे । भुसाल र विश्वकर्माको अर्को संयोग के भने २०६५ सालमा वुटवलमा सम्पन्न एमालेको आठौं महाधिवेशनबाट उनीहरू दुबैजना पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएर सँगै पोलिटब्यूरोमा उक्लिएका थिए ।

एमालेमा लामो समय एउटै कमिटीमा रहेर काम गरेका विश्वकर्मा अहिले एमालेका सचिव छन् भने भुसालले टिकट नपाएकै कारण एमाले छाडेर गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् । एमालेका विश्वकर्मालाई जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन छ । एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्तागठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेका छन् । भुसाल र विश्वकर्माको रोचक प्रतिस्पर्धा सत्तागठबन्धन र विपक्षी गठबन्धनका कारण थप रोचक बनेको छ ।

पृष्ठभूमि फरक भए पनि एउटै पार्टीबाट राष्ट्रिय राजनीतिमा स्थापित दुई नेता आमनेसामने बन्दा रुपन्देही–१ का मतदाताहरू भने अलमलमा परेका छन् । यही क्षेत्रमा पर्ने देवदहका मतदाता लक्ष्मण न्यौपानेले दुवै नेताका आ–आफ्नै विशेषता भएकाले अलमलमा परेको बताए । ‘उहाँहरूबीच कडा प्रतिस्पर्धा कडा हुने देखिन्छ,’ उनले भने, ‘स्थानीय तह निर्वाचनको गणितले विश्वकर्माको पल्लाभारी देखिन्छ ।’

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतअनुसार भुसाललाई सघाएको सत्तागठबन्धन भन्दा एमाले, जसपा र राप्रपाको गठबन्धन करिब १० हजार मतले अगाडि छ । रुपन्देही–१ मा देवदह नगरपालिका, तिलोत्तमा नगरपालिकाका ७, ८, ९, १०, ११, १२, १५, १६ र १७ नम्बर वडा, ओमसोतिया र रोहिणी गाउँपालिका पर्छन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रुपन्देही–१ बाट माओवादी केन्द्रका घनश्याम यादव निर्वाचित भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका अब्दुल रज्जाक विजयी भए । त्यसबेला रज्जाकका निकटतम प्रतिद्वन्द्वी छविलाल विश्वकर्मा नै थिए । २०७४ मा वामगठबन्धनबाट एमालेका विश्वकर्मा विजयी हुँदा कांग्रेस निकटतम प्रतिद्वन्द्वी थियो ।

यो क्षेत्रमा कांग्रेस बलियो शक्ति मानिन्छ । कांग्रेसबाहेक एमालेबाट आफूलाई ‘क्रस’ हुनसक्ने मत र माओवादी केन्द्रको मतबाट जित निकाल्न भुसाल प्रयत्नरत छन् । यहीकारण पछिल्लो समय भुसालको सम्बन्ध रुपन्देही–३ बाट उम्मेदवार रहेका कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणसँग बाक्लिएको छ ।

प्रतिनिधिसभामा कांग्रेसको उम्मेदवार नभएकाले कांग्रेसले पाउने सबै मत आफूतिर तान्न भुसालको प्रमुख जोड छ । मार्क्सवादका व्याख्यामा आफूलाई केन्द्रित गर्दै आएका भुसालले स्थानीय समस्या र कार्यकर्ताको गुनासोलाई ध्यान नदिएको गुनासो छ, त्यसले उनलाई चुनौती थप्न सक्छ ।

एमाले उम्मेदवार विश्वकर्मा स्थानीय तह निर्वाचनको मतका आधारमा बलियो देखिए पनि स्थानीय निर्वाचनमा जसपा र राप्रपाले पाएको सबै मत उनलाई आउन कठिन छ । भुसाल २०७४ मा रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेबाट चुनाव लडेका थिए । राप्रपाका नेता बोहोरा र भुसालबिच प्रतिस्पर्धा हुँदा भुसालले फराकिलो मतान्तरले जितेका थिए । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए । न्यूज कारखानाबाट

वि.सं.२०७९ कात्तिक १५ मंगलवार ११:४८ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...