back
CTIZAN AD

महँगा स्मार्टफोनको आयात घट्दा बढ्यो चिनियाँ फोनको आयात

वि.सं.२०७९ कात्तिक १५ मंगलवार

684 

shares

काठमाडौं । असोजमा २ अर्ब ३५ करोड बराबरको मात्रै आयात भएको छ, जबकी दसैंको मुखमा साढे ३ अर्बभन्दा बढीको स्मार्टफोन भित्रिएको थियो । चाडवाड लक्षित गर्दै व्यवसायीहरुले प्रतिबन्धका बाबजुद भदौमा आयात बढाएपनि चाडपर्वपछि भने आयात घटाएका हुन् । सरकारले ३ सय अमेरिकी डलरभन्दा माथिको स्मार्टफोन आयातमा प्रतिबन्ध लगाउँदै आएको छ । आयात प्रतिबन्ध लागेपनि चाडवाड लक्षित गरेर ३ सय अमेरिकी डलरभन्दा कमका मिड रेन्ज स्मार्टफोन व्यापारीहरुले आयात गरेका थिए ।

भदौमा ३ अर्ब ६० करोड रुपैयाँबराबरको २ लाख ६२ हजार ७३६ थान स्मार्टफोन भित्रिएकोमा असोजमा भने २ अर्ब ३५ करोड रुपैयाँ बराबरको १ लाख ७९ हजार ५३५ थान आयात भएको भन्सार विभागले जनाएको छ । जसबाट सरकारले भदौमा ६७ करोड ३१ लाख रुपैयाँभन्दा बढी र असोजमा ४३ करोड ८९ लाख ८२ हजार रुपैयाँ भन्सार संकलन गरेको छ । भदौमा १ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात भएको थियो । साउनमा दुई अर्ब ५७ करोड रुपैयाँ बराबरको १ लाख ७६ हजार २४९ थान मात्रै स्मार्टफोन आयात भएको थियो ।

सरकारले मंसिर मसान्तसम्म ३ सय अमेरिकी डलरभन्दा बढीको फोन आयातमा प्रतिबन्ध लम्ब्याएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल सेटहरुमा नियमन प्रणाली मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भदौ मसान्तबाट सञ्चालनमा ल्याएको छ । प्राधिकरणले नेपालमा चोरी पैठारी तथा अवैधरूपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्ने उद्देश्यका साथ गरेको बताउँदै आएको छ । मोबाइल आयातकर्ताहरुले सरकारले ३०० डलरमाथिका स्मार्टफोन प्रतिबन्ध लगाउनु निकै गलत भएको प्रतिक्रिया दिँदै सरकारी निर्णयले व्यवसायीसँगै सरकारमाथि ठूलो असर पारिरहेको बताउँदै आएका छन् ।

चिनियाँ फोनको आयातमा वृद्धि

नेपाली बजारमा चीन र भारतबाट सबैभन्दा धेरै स्मार्टफोन भित्रिने गर्छ । सरकारले महँगा मोबाइल आयातमा प्रतिबन्ध गरेको फाइदा चिनियाँ मोबाइल निर्मातालाई भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बढी आयात हुने वस्तुको १०औँ नम्बरमा स्मार्टफोन परेको छ । यी सबै स्मार्टफोन चीनबाट आयात भएका हुन् ।

विभागले असोज मसान्तसम्ममा ६ अर्ब १८ करोड ६६ लाख २९ हजार रुपैयाँ मूल्य बराबरका ४ लाख ६८ हजार ४६१ वटा स्मार्टफोन आयात भएका छन् । यी सबै स्मार्टफोन चीनबाट आयात भएको विभागले जनाएको छ ।

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १२:०३ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...