back
CTIZAN AD

विक्रम पाण्डे भन्छन्– म सांसद नहुँदा चितवनमा विकासको कामै रोकियो

वि.सं.२०७९ कात्तिक १५ मंगलवार

1.1K 

shares

चितवन । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले गत पाँच वर्ष संसदमा आफू नहुँदा चितवनको विकासको कामै रोकिएको बताएका छन् । चुनावी अभियानका क्रममा भरतपुर–१६ को चौकी र वरमपुरमाको कार्यक्रममा बोल्दै नेता पाण्डेले जनताले विकासप्रेमी नेतृत्वलाई अगाडि बढाउनुपर्ने बताए ।

आफुँ राजनीति गर्नभन्दा पनि विकास गर्न आएको बताउँदै उनले विकासको निम्ति पनि आफुँलाई जिताउनुपर्ने बताए । “गएको पाँच वर्ष संसदमा मेरो उपस्थिति नहुँदा विकासको काम रोकियो”, पूर्वमन्त्री पाण्डेले भने, “यसले चितवनवासी आम जनताले घाटा मात्रै व्यहोर्नु पर्‍यो । त्यसैले अबको नेतृत्वमा विकासवादी नेतृत्व छान्ने हो भने आगामी पाँच वर्ष पछुताउनु पर्दैन ।”

उनले राजनीतिक परिवर्तनको नाममा ठूला दलहरुले भएका उद्योग धन्दा तथा कलकारखाना कौडिको मोलमा बिक्री गरेर युवाहरुलाई विदेशिन बाध्य बनाएको र त्यहाँबाट आउने रेमिट्यान्समा तर मारेर बसेको आरोप लगाए । उनले आउदो चुनावमा विकासवादी दल र विकासप्रेमी नेतृत्व चुन्न आग्रह गरे ।

गठबन्धनको नाममा जनताको मताधिकारलाई अंकुश लगाएर स्वविवेकीय निर्णय गर्न रोकेर ठूला दलहरुले प्रजातन्त्रको आधार स्तम्भमाथि नै प्रहार गरेको बताए । उनले अब दलभन्दा माथि उठेर विकास र भावि सन्नत्तिको लागि राप्रपालाई मतदान गर्न आग्रह गरे ।

उनले आफुले जति समस्या चितवनको समस्या बुझ्न सक्ने उम्मेदवार नरहेको बताउँदै चितवनको विकासको प्रष्ट एजेण्डा आफुँसँग भएको बताए ।

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १२:२४ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...