back
CTIZAN AD

विनोद न्यौपाने पर्यटन दूतमा नियुक्त

वि.सं.२०७३ चैत १८ शुक्रवार

792 

shares

Binod-Neupaneडेढ दशकदेखि बेल्जियममा रहेर सामाजिक क्षेत्रमा सक्रिय विनोद न्यौपानेलाई नेपाल पर्यटन बोर्डले मानार्थ पर्यटन दूत नियुक्त गरेको छ ।
बेल्जियममा नेपालको पर्यटन विकास तथा प्रवर्धनका लागि भन्दै बोर्डले न्यौपानेलाई आगामी दुई बर्षका लागि पर्यटन दूत नियुक्त गरेको हो । नेपालमा गोरखा आरुआर्बाङ स्थायी घर भएका न्यौपाने प्रवासी नेपाली मञ्च बेल्जियमका संस्थापकमध्येका एक हुन् । बेल्जियममा उनले आफ्नै व्यवसाय संचालन गर्दै आएका छन् ।

मानार्थ दूत नियुक्त गरेकोमा पर्यटन बोर्डलाई धन्यवाद दिदै उनले मातृभूमिले दिएको जिम्मेवारीबाट आफू उत्प्रेरित र उत्साहित भएको बताएका छन् । बोर्डले दिएको जिम्मेबारीलाई कर्तब्यनिष्ठको साथ निभाउने न्यौपानेको प्रतिबद्धता छ ।

बेल्जियमबाट अहिले बर्षेनी ३ हजार पर्यटक नेपाल घुम्न आउन गरेका छन् । युरोपियन मुलकमध्येबाट बेल्जियम सबैभन्दा कम पर्यटक नेपाल आउने देशमा पर्छ । त्यसैले बेल्जियमका पर्यटकलाई नेपाल भित्र्याउने वातावरण बनाउन नेपाली दूतावास, एनआरएन, सामाजिक संघसंस्था तथा मिडियासँग मिलेर काम गर्ने न्यौपानेले बताए ।

नेपाल रहँदा पर्यटन क्षेत्रमा काम गरेको अनुभव भएकाले मानार्थ पर्यटन दूतको भूमिका निर्वाह गर्न आफू सक्षम रहेको उनको भनाइ छ ।

वि.सं.२०७३ चैत १८ शुक्रवार १०:३७ मा प्रकाशित

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...