फेसबुकमा ५ हजार भन्दा बढि पनि साथी जोड्न पाँउ भन्ने माग गर्दै साथी जोडन सक्ने सिमित संख्याको निर्धारणको कारण म स्वयंको निम्ति, आजैको मितिदेखि निम्न आंचारसहिता लागु भएको जानकारी गराउदछु ।
१. नक्कली नामको एकाउन्टलाई शिधै ब्लग ठोक्न बाँध्य । नक्कली नाम भएकाले कुनैपनि बेला धोका दिन्छदिन्छ ।
२. प्रोफाइल फोटो फूल, बच्चा वा कुनै पनि चीजको हुने वित्तिकै अनफ्रेण्ड ।
३. सहि नाम र फोटो, विशेषत दम्पति जोडीको फोटोलाई प्राथमिकता ।
४. संघसंगठन वा कम्पनीको नामहरुबाट आएको रिक्वेष्ट सिधै डिलिट कारण पहिलो साथी अटाउने ठाँउ छैन र दोस्रो कारण को संग बोलिन्छ सजिलै थाह हुदैन र तेस्रो कारण बोल्न पर्ने मान्छे संग उनको ब्यक्तिगत एकाउन्टबाट भई हाल्ने भएकोले ।
५. मेरो एकाउन्टमा राजनैतिक र साहित्यिक कमेन्टसहरु बढि हुने भएकोले राजनैतिक कमेन्टस राम्रो वा नराम्रो दुवै स्वीकार्य हुन्छ तर सहि नाम र विवरण भएकाबाट हुनुपरयो ।
६. गाँउघरको खेतीपाती, बालीनाली र दुःखी दरिद्रका फोटोहरुमा बढि चासो । सधै नाचगान, मस्ति र आफ्नै मात्र फोटो राख्नेहरुमा अलि कम चासो ।
७. विधिको कुरामा बढि जाँगर, ब्यक्तिको कुरामा वास्त छैन र विरोध पनि छैन ।
८. फेसबुकलाई दैनिक काम र जीवनको लागि सहयोगी टुलको रुपमा लिने, मनोरन्जनको रुपमा मात्र नलिने । माथि उल्लेखित बाहेककालाई पनि अन्फ्रेन्ड हुन्छ तर कुनैपनि अनुचित सोचले होइन सिर्फ अरु नयाँ साथि जोडनको निम्ति स्थान खाली गराउन । वहाहरुलाई पुन अनुकुलतामा जोडिने छ ।
१०. सयौका सख्यामा फ्रेण्ड रिक्वेष्टहरु आएका भए पनि कन्फर्म गर्न नसक्नुको कारण फेसबुकमा जोडि सकिएका ५ हजारबाट कसैलाई घटाएर मात्र जोड्न पर्ने भएकाले रोकिएको अवस्था हो तर कम्तिमा एक पटक रिक्वेष्ट गर्नेलाई जोड्ने आचारण । कारण आफूले नचिनेका लाग्नेले पनि आफूलाई नजिकबाट चिनेका वा आफन्त हुने गरेको अनुभवको कारण ।
११. साहित्यिक, राजनैतिक र अध्येता आदि क्षेत्रमा मुद्धा मिल्नेलाई फाष्टट्रयाकको ब्यवस्था पनि हुनेछ ।
१२. फ्रेण्ड रिक्वेष्ट संगै म्यासेज बक्समा भन्नुभए विशेष पहलको ब्यवस्था । फेसबुक साथी बन्न मात्र होइन धेरै काम र प्रोजेक्टहरु गर्न सकिन्छ ।
१३. पछिल्लो समय फेसबुकको विवरण दुरुपयोग पनि हुने गरेकाले यहा राखिएका मेरा केही महत्वपूर्ण विवरणहरु सबै सहि होइन्न ।
स्टाटस, ३१ मार्च २०१७