back
CTIZAN AD

युद्धरत खेर्सन क्षेत्रबाट सर्वसाधारणलाई हटाइने पुटिनको भनाइ, द्वन्द्व चर्किने सङ्केत

वि.सं.२०७९ कात्तिक १९ शनिवार

960 

shares

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणी युक्रेनको मस्को अधिनस्थ खेर्सनबाट सर्वसाधारणलाई बाहिर निकाल्नुपर्ने बताउनुभएको छ ।

मस्कोले एकता दिवस मनाइरहँदा पुटिनले युक्रेनको कब्जामा रहेका क्षेत्रका युवा स्वयंसेवकहरूलाई रेड स्क्वायरमा सम्बोधन गर्दै भन्नुभयो, “खेर्सनमा बस्नेहरूलाई लडाइँको खतरायुक्त क्षेत्रबाट हटाउनुपर्छ । रूसले आणविक हतियारको प्रयोग गर्नसक्ने भन्ने हल्ला चलिरहेका समय रूसको यो भनाइ आएको हो ।

यसैबीच जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेन युद्धमा कुनै पनि आणविक हतियारको प्रयोगको जर्मनी र चीनले विरोध गरेको बताएका छन् ।

“हामी सबैलाई थाहा छ युक्रेनमा युद्धको विस्तारले हामी सबैका लागि नकारात्मक परिणाम दिनेछ,” स्कोल्जले पत्रकारहरूसँग भने ।

रणनीतिक आणविक अस्त्रको प्रयोगबाट तनाव बढ्ने सम्भावनालाई विश्व समुदायले स्पष्ट रूपमा रूसलाई बताउनुपर्ने र युद्ध अन्त्यका लागि भूमिका निर्वाह गर्नुपर्ने अति आवश्यक भएको छ । (रासस/एएफपी)

वि.सं.२०७९ कात्तिक १९ शनिवार ०९:३४ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...