back
CTIZAN AD

विवाह समारोहमा झगडा हुँदा स्पेनमा चारको मृत्यु, चार घाईते

वि.सं.२०७९ कात्तिक २१ सोमवार

783 

shares

म्याड्रिड । स्पेनमा आइतबार बिहान एक विवाह पार्टीका सदस्यहरूका बीच झगडा भएको र उनीहरूलाई कारले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

घटनामा संलग्न भएको आरोपमा तीन जनालाई हिरासतमा लिइएको राष्ट्रिय प्रहरीका प्रवक्ताले एएफपीलाई बताएका छन् ।

म्याड्रिडबाट करिब २५ किलोमिटर (१६ माइल) उत्तरपूर्वमा रहेको टोरेजोन डे अर्डोजमा विवाहको आयोजना गरिरहेको रेस्टुरेन्टको अगाडि बिहानै झगडा भएको थियो ।

झगडापछि एउटा कारले विवाहमा आएका पाहुनालाई ठक्कर दिएर भागेको थियो ।

“जब हामी घटनास्थलमा पुग्यौँ र त्यहाँ गम्भीर चोटपटकबाट चार जनाको मृत्यु भएको पाइएको,“ म्याड्रिड आपत्कालीन सेवाका प्रमुख कार्लोस पोलोले बताएका छन् ।

घाइते अन्य चारजनालाई उपचारका लागि अस्पताल लगिएको उनले बताए ।

आक्रमण गरेको आशङ्का गरिएको गाडी दुर्घटनास्थलबाट ५० किलोमिटर टाढा भेटिएको र त्यसमा सवार तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीले चौथो संदिग्ध व्यक्तिको खोजी भइरहेको बताएको छ । (रासस\एएफपी)

वि.सं.२०७९ कात्तिक २१ सोमवार ०८:१३ मा प्रकाशित

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै...

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

किन्शासा ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या...

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

पेरिस  । युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...