back
CTIZAN AD

ब्याकस्लाइडिङ’ विरुद्ध चेतावनीसहित संयुक्त राष्ट्रसङ्घको जलवायु शिखर सम्मेलन सुरु

वि.सं.२०७९ कात्तिक २१ सोमवार

774 

shares

इजिप्ट । उत्सर्जन कटौती गर्ने प्रयासमा पछि नहट्ने प्रतिबद्धतासहित संयुक्त राष्ट्रसङ्घको जलवायु शिखर (कोप–२७) सम्मेलन इजिप्टमा आइतबारदेखि सुरु भएको छ ।

बितेका केही महिनामा जलवायु परिवर्तनका कारण सिर्जित विपत्तिले विश्वभरि हजारौँको ज्यान लिइसकेको छ, लाखौँ विस्थापित भएका छन् र अर्बौंको क्षति भएको छ ।

पाकिस्तान र नाइजेरियामा आएको भीषण बाढीले तहसनहस बनायो, अफ्रिका र पश्चिमी संयुक्त राज्य अमेरिकामा खडेरी बढ्यो, क्यारिबियन क्षेत्रमा चक्रवात फैलियो र तीन महादेशमा अत्यधिक गर्मी बढ्यो ।

रेड सीको किनारामा रहेको शर्म अल शेख रिसोर्टमा आयोजित सम्मेलन युक्रेनविरुद्ध रूसको युद्ध, ऊर्जा सङ्कट, बढ्दो मुद्रास्फीति र कोभिड महामारीको लामो समयसम्मको प्रभावले भरिएको एक सङ्कटपूर्ण वर्षमा हुन लागेको हो ।

तर संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव सिमोन स्टिएलले सन् २०३० सम्ममा हरितगृह उत्सर्जन ४५ प्रतिशतले घटाउने र १९औँ शताब्दीको उत्तरार्धमा विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्यमा आफू ‘पछि नहट्ने’ बताएका छन् ।

तेह्र दिने शिखर सम्मेलन सुरु हुनासाथ स्टिलले भन्नुभयो, “हामी मानिसहरूलाई जवाफदेही बनाउने छौँ, चाहे उनीहरू राष्ट्रपति, प्रधानमन्त्री, कार्यकारी प्रमुख नै किन नहोउन् ।

उनले भने, “कार्यान्वयनको केन्द्रविन्दु भनेको जलवायु सङ्कटलाई सम्बोधन गर्न हरेक दिन विश्वका सबै ठाउँबाट सबैले सक्दो प्रयास गरिरहेका छन् ।”

यस दशकको अन्त्यसम्ममा कार्बन प्रदूषण १० प्रतिशतले बढ्ने र पृथ्वीको सतह २.८ डिग्री सेल्सियससम्म बढ्ने अनुमान गरिएको छ ।

सन् २०१५ को पेरिस सम्झौताअन्तर्गत गरिएका बाचाहरू पूरा गरिएमा तापक्रमको १० भागको केही भाग मात्र कटौती हुनेछन् ।

इजिप्टलाई अध्यक्षता हस्तान्तरण गर्दै कोप–२६ का अध्यक्ष तथा बेलायती अधिकारी आलोक शर्माले भने, “मैले बुझेको छु कि विश्वभरका नेताहरूले यस वर्ष प्रतिस्पर्धात्मक प्राथमिकताहरूको सामना गरेका छन्, हामी स्पष्ट हुनुपर्छ । हाम्रो वर्तमान क्षण जति चुनौतीपूर्ण छ, निष्क्रियता अदूरदर्शी छ र यसले जलवायु विपत्तिलाई मात्र रोक्न सक्छ ।”

उनले भने,, “विश्व समुदाय र नेताहरूलाई जागरूक पार्न वास्तवमा कति आह्वान आवश्यक छ ?”

संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले चेतावनी जारी गर्दै विगत आठ वर्ष समुद्रको सतह बढेको, हिउँ पग्लने र तातो हावाका कारण अहिलेसम्मकै सबैभन्दा बढी गर्मी हुने समय बनेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रो ग्रहले सङ्कटको सङ्केत दिइरहेको समयमा कोप–२७ सुरु भएको छ । उनले सबैले आ–आफ्नो स्थानबाट जलवायु समस्यासँग जुझ्न पहल गर्नुपर्नेमा जोड दिए । (रासस÷एएफपी)

 

वि.सं.२०७९ कात्तिक २१ सोमवार ०८:१५ मा प्रकाशित

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै...

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

किन्शासा ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या...

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

पेरिस  । युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...