back
CTIZAN AD

युरोपका विभिन्न देशहरुमा निर्यात हुने दुना–टपरी उद्योगमा आगलागी

वि.सं.२०७९ कात्तिक २१ सोमवार

756 

shares

झापा । झापाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गएराति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ । उक्ता उधोगबाट युरोपका विभिन्न देशहरुमा दुना टपरी निर्यात हुदैँ आइराहेको पाइन्छ ।

मेचीनगर, भद्रपुर, विर्तामोड, कमल र दमकको दमकलले आज बिहान मात्र आगलागी नियन्त्रण गरेका थिए । आगलागीबाट रु दुई करोडको क्षति भएको उद्योगका सञ्चालक हरि दाहालले बताए ।

उद्योगले सुपारीको सुकेका पातलाई कच्चापदार्थका रुपमा प्रयोग गरेर आकर्षण दुना, टपरी, थाल, बटुका, चम्चा लगायतका सामान उत्पादन गर्दै आएको थियो । ।

“राति साढे १२ बजेतिर कारखाना भवनका छिमेकीले आगलागी भयो भन्दै गाउँलेहरुलाई बोलाएपछि हामी हतारहतार पुग्यौँ,” सञ्चालक हरि दाहालले भने, “हामी पुग्दा उद्योगका सबै सामान जलेर सत्यनाश भइसकेको रहेछ ।”
झापामा सुपारी खेती हुने गरेको छ । खेर गइरहेको सुपारीको पातलाई मेसिनमा राखेर दुना र टपरी उत्पादन हुन थालेपछि स्थानीयवासीले समेत यसबाट मनग्य फाइदा पाएका थिए ।

सञ्चालक दाहाल, स्वाभिमान आचार्य, विधान पोखरेल र कोविदसिंह बानियाँले पाँच कट्ठा जग्गामा २०७४ सालमा स्थापना गरेको लिफ प्लस प्रालिबाट १६ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए भने पात सङ्कलन कार्यमा सयौँले काम पाउँदै आएका थिए । फाइल फाेटाे

 

 

 

वि.सं.२०७९ कात्तिक २१ सोमवार १२:५१ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...