काठमाडौं । अजोड इन्स्योरेन्सले विशेष साधारणसभा डाकेको छ । कम्पनीको कार्तिक २० गते बसेको संचालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । साधारणसभा आगामी मंसिर ९ गते लैनचौर बैङ्क्वेट काठमाडौंमा हुने बताइएको छ । साधारणसभाले मर्जर अध्ययन कमिटी गठन गर्ने बारेको निर्णय अनुमोदन गर्ने छ।
नियामक निकायले निर्देशन गरे अनुसार विवरणहरु उपलब्ध गराउने लगायत कम्पनी गाभ्न र गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव साधारणसभामा लगिने बताइएको छ ।
कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमश ७०:३० को अनुपातमा रहेको संस्थापक समुहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरी कम्पनीको शेयर स्वामित्व संरचना ५१:४९ प्रतिशतको अनुपातमा कायम गर्ने विशेष प्रस्ताव पनि रहेको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर २ गते एक दिनको लागि बुक क्लोज गर्ने जनाएको छ ।
वि.सं.२०७९ कात्तिक २१ सोमवार १२:५९ मा प्रकाशित


























