काठमाडौं । आइतबारको बजारमा एकैदिन १४ सयले बढेको सुनको भाउ सोमबारको बजारमा भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको बजारमा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबारको बजारमा भने २०० रुपैयाँले घटेर ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज तेजावी सुन प्रतितोला ९३ हजार ८०० रहेको छ भने चाँदी प्रतितोला १२६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७९ कात्तिक २१ सोमवार १३:२९ मा प्रकाशित






























