Logo
२६ माघ २०७९, बिहीबार
     Thu Feb 9 2023
E-paper
  English Edition
   Unicode
Logo

मनिषा कोइराला राप्रपाको चुनावी अभियानमा सहभागी हुने



काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा उभिने बताएकी छन् ।

‘युवा, गतिशील र दूरदर्शी नेता राजेन्द्र लिङ्देन पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा चुनावी अभियानमा सहभागी हुन आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर घर फर्कदै छु,’ मनिषाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् ।

राष्ट्रवाद, देशको ऐतिहासिक र सांस्कृतिक विरासत बारे उनको बुझाइले उनी देशका अन्य समकालीन राजनीतिज्ञहरू भन्दा माथि रहेको दाबी पनि उनले गरेकी छन् ।

‘म राजनीतिमा र मेरो राष्ट्रिय कर्तव्यप्रति बीपीबाट प्रेरित छु । देशलाई संरक्षकको रूपमा राजतन्त्र र लोकतान्त्रिक ढाँचामा जनताको सामाजिक आर्थिक उत्थानको ख्याल गर्ने जीवन्त राष्ट्रवादी पार्टीहरू चाहिन्छ,’ मनिषाले भनेकी छन् ।

प्रगतिशील राजनीतिको नाममा साम्प्रदायिक असमानता र परम्परागत तथा राष्ट्रवादी शक्तिहरूको बहिष्कारले देशको सामाजिक र राजनीतिक संरचनामा ठूलो क्षति पुर्‍याएको उनले बताएकी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको