back
CTIZAN AD

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

वि.सं.२०७९ कात्तिक २४ बिहीवार

618 

shares

काठमाडौं । लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २३.५२ अंकले घटेर १८९३.७० बिन्दुमा पुगेको छ । बजार घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.१७ अंकले घटेर ३७२.३७ बिन्दुमा ओर्लिएको छ ।

बिहीबार सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घटेकाे छ । बिहीबार नेप्सेमा ३१ लाख १४ हजार ६८९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ११ करोड ९४ लाख ६१ हजारको कारोबार भएको छ ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १० करोड २२ लाख ३५ हजारको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ५८ लाख २६ हजार र युनाइटेड मोदी हाइड्रोपावरको ३ करोड ३४ लाख ६६ हजारको कारोबार भएको छ ।

आज कारोबारमा आएका २२६ वटा कम्पनीमध्ये १३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ वटा कम्पनीको मूल्य घटेको छ । बिहीबार कारोबार भएकामध्ये मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ३.९२ प्रतिशतले वृद्धि हुँदा सिन्धु विकास बैंकको २.७७ प्रतिशत र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य १.७८ प्रतिशतले वृद्धि भएको छ ।

अपर हेवाखोला जलविद्युत कम्पनीको सेयर मूल्य ६.९१ प्रतिशतले गिरावट हुँदा किसान लघुवित्त वित्तीय संस्थाको ५.७८ प्रतिशत र पञ्चकन्यामाइ हाइड्रोपावरको सेयर मूल्य ५.२५ प्रतिशतले गिरावट भएको छ ।

वि.सं.२०७९ कात्तिक २४ बिहीवार १६:०१ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...