back
CTIZAN AD

बागलुङका १०८ विद्यालयमा भौतिक पूर्वाधार र ल्याब स्थापना हुँदै

वि.सं.२०७९ मंसिर २४ शनिवार

708 

shares

गलकोट । बागलुङमा चालु आर्थिक वर्षमा एक सय आठ विद्यालयमा भौतिक पूर्वाधार निर्माण र ल्याव स्थापना हुँदैछन् । चार कोठे र दुईकोठे भवन बनाउन स्थानीयतहमा कार्यक्रम सम्झौतालाई आह्वान गरिएको छ ।

शिक्षाको भौतिक तथा प्रविधिको सुधारका लागि नेपाल सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा कार्यान्वयन गरिने बागलुङका एक सय आठ विद्यालयमा भौतिक पूर्वाधार र ३५ विद्यालयमा आइसिटी ल्याब स्थापनासँगै एक सय ४३ विद्यालयलाई स्थानीय पालिकामार्फत सम्झौता गरेर कार्यान्वयन गर्न थालिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भदौमा बजेट विनियोजनका लागि विद्यालयको सूचि सार्वजनिक गरेकोमा मङ्सिर २८ गतेदेखि कार्यान्वयलाई स्थानीय तहसँग सम्झौता गर्न परिपत्र जारी गरेको छ । गत भदौ अन्तिममा बजेट विनियोजन गरिएको छ ।

विद्यालयमध्ये ४६ मा चार कोठे, ६२ मा दुई कोठे र ३५ मा आइसिटी ल्याबलाई बजेट विनियोजन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मावन स्रोत विकास केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बागलुङमा ४६ चार कोठे भवन बनाउन ५० लाखका दरले २३ करोड, ६२ विद्यालयको दुई कोठे भवन बनाउन २५ लाखले १५ करोड ५० लाख र ३५ विद्यालयमा आइसिटी ल्याबलाई छ लाख ५० हजारले दुई करोड २७ लाख ५० हजार गरी रु ४० करोड ७७ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

गत वर्ष चार कोठे भवनलाई ३६ लाख र दुई कोठे भवनलाई १८ लाख बजेट प्राप्त भएकोमा भूकम्प प्रतिरोधी भवन बनाउन बजेट अपुग भएको विद्यालयको गुनासोपछि अहिले बजेट थप भएर चार कोठेलाई ५० लाख, दुई कोठेलाई २५ लाख बजेट आएको शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्ययाले जानकारी दिए ।

धेरै निसीखोला गाउँपालिकाभित्रका २० र थोरै बरेङ गाउँपालिकाभित्रका सात विद्यालय छनोटमा परेका छन् । जिल्लाका १० पालिकाअन्तर्गत एक सय ४३ मध्ये गलकोटका १६, बागलुङ नगरपालिकाका १६, काठेखोला गाउँपालिकाका १२, जैमिनी नगरपालिकाका १२, बरेङ गाउँपालिकाका सात, ढोरपाटन नगरपालिकाका १९, निसीखोला गाउँपालिकाका २०, ताराखोला गाउँपालिकाका १२, तमानखोला गाउँपालिकाका ११ र बडिगाड गाउँपालिकाका १८ विद्यालय रहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका प्रेस संयोजनक विमल खड्काले जानकारी दिए ।

भदौमै कार्यक्रम स्वीकृत हुँदा कार्यान्वयन सहज हुने एकाइ प्रमुख उपाध्याले बताए । “गत वर्ष ढिला गरी बजेट तथा कार्यक्रम आउँदा बढी रकम फ्रिज भएको विद्यालयको गुनासो तथा अनुगमन गर्नसमेत समस्या भएको पाइयो”, उपाध्ययले भने, “ एकाइले अनुगमन तथा निरीक्षण गर्ने छ ।”

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थानीय तहमार्फत कार्यान्वयन गरिँदै आइएको छ । भवन डिजाइन तथा नक्सा र बजेट सङ्घीय सरकारले दिने भए पनि बजेट कार्यान्वयन स्थानीय तहले गर्ने एकाइ प्रमुख उपाध्यायले जानकारी दिनुभयो । स्थानीय तहमा कार्यक्रम सम्झौताका लागि बजेटसमेत पठाइएको छ ।

वि.सं.२०७९ मंसिर २४ शनिवार ०८:२२ मा प्रकाशित

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...