back
CTIZAN AD

हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न चीनको आह्वान

वि.सं.२०७९ मंसिर २५ आइतवार

696 

shares

हङकङ । चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न आह्वान गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसले दोहो¥याएको छ ।

हङकङमा मानव अधिकारको स्थिति र विधिको शासनलाई लिएर अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता तथा केही अमेरिकी विधायकले गरेको गैरजिम्मेवारपूर्ण टिप्पणीप्रति आपत्ति जनाउँदै चिनियाँ विदेश मन्त्रालयको आयुक्तको कार्यालयले आइतबार जिमी लाइको ठगी मुद्दा कानुनमा आधारित निर्णय भएको स्पष्ट गरेको छ ।

कानुनको शासन हङकङको समृद्धि र स्थायित्वको आधारशिला भएको स्पष्ट गर्दै हङकङ अदालतले जिमीविरुद्धको मुद्दामा गरेको सुनुवाइ पूर्णतया वैधानिक एवम् पारदर्शी रहेको आयुक्तको कार्यालयका प्रवक्ताले बताएका छन् ।

“कानुनभन्दा माथि कोही पनि हुँदैन, जिमी लाइको ठगी मुद्दामा प्रमाण स्पष्ट छ, त्यो आपराधिक मुद्दा हो,” हङकङमा चीन विरोधी शक्तिलाई समर्थन नगर्न सुझाउँदै प्रवक्ताले भनेका छन् । निष्पक्षता, न्याय र विधिको शासनका निम्ति आफू अग्रपङ्तिमा रहेको दाबी गर्ने अमेरिकाले अपराधीलाई मानवअधिकारका नाममा संक्षरणको प्रयास गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी उनले गरेका छन् । साथै उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आह्वान पनि गरेका छन् । (रासस÷सिन्ह्वा)

वि.सं.२०७९ मंसिर २५ आइतवार २०:०९ मा प्रकाशित

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...