back
CTIZAN AD

ज्वाईँ गगन थापाको लागि ससुरा अर्जुननरसिंह केसीको दौडधुप

वि.सं.२०७९ मंसिर २६ सोमवार

1K 

shares

काठमाडौं । नेपाली कांग्रेसभित्र एकातिर आगामी सत्ता गठबन्धन कस्तो हुने भन्ने बहस छ भने अर्कोतिर सरकारको नेतृत्व कसले गर्ने भन्ने बहस छ । कांग्रेसभित्र प्रधानमन्त्रीको दौडमा हालका प्रधानमन्त्रीे शेरबहादुर देउवादेखि पार्टी महामन्त्री गगनकुमार थापासम्म सहभागि छन् ।

देउवा सर्वसम्मत निर्णयबाट दलको नेतामा चयन हुनेगरी तयारीमा लागेका छन् भने थापालगायतका नेताहरु पनि आ–आफ्नो लबिङ्गमा देखिएका छन् । अहिले विशेषतः देउवा र थापाकै दाबी सबैभन्दा बलियो गरी देखिएको छ ।

देउवाले नछाडे सर्वसम्मत दलको नेता हुन नदिने लाइनमा थापा कस्सिएका छन् । थापा सकेसम्म आफैं प्रधानमन्त्री नत्र देउवालाई सर्वसम्मत प्रधानमन्त्री हुन नदिने लाइनमा छन् ।

देउवाको पक्षमा आन्तरिक तथा बाह्य माहोल बनाउन नेता प्रकाशशरण महत, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेता कस्सिएका छन् भने गगन थापाको पक्षमा माहोल बनाउन अर्का महामन्त्री विश्वप्रकाश शर्मादेखि स्वयम् थापाका ससुरा तथा नेता अर्जुननरसिंह केसीसम्म कस्सिएका छन् ।

केसी आइतबार राति गगनको पक्षमा सहयोग माग्दै एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए । ओलीसँगको भेटवार्ता पछि केसी सोेमबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । केसी प्रचण्डको निजी निवास खुमलटारमै पुगेर भेटेका थिए ।

थापानिकट एक नेताले बताएअनुसार बाह्य छलफलको जिम्मेवारी लिएका केसीले नेताहरुलाई भेटेका हुन् । उनले छिट्टै अन्य दलका नेतालाई पनि भेट्ने बुझिएको छ ।

वि.सं.२०७९ मंसिर २६ सोमवार १७:२३ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...