back
CTIZAN AD

फिप्ना अमेरिकाको १७ औ वार्षिकोत्सब सम्पन्न, समाजसेबी राई र शेर्पा सम्मानित

वि.सं.२०७९ मंसिर २६ सोमवार

636 

shares

अमेरिका । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को १७ औ बार्षिकोत्सव सम्पन्न भएको छ ।

गत डिसेम्बर ४ मा न्युयोर्कको क्विन्सस्थित नेपाल आदिवासी जनजाती महासंघ, अमेरिका (फिप्ना) को कार्यालयमा १७ औ वार्षिकोत्सव सम्पन्न भएको हो ।

फिप्नाका अध्यक्ष राजकुमार बिष्टको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै संस्थाकी महासचिव टोमा लामाले कार्यक्रमलाई औपचारिक रुपमा संचालन गरेकी थिइन् ।

उक्त वार्षिकोत्सव कार्यक्रममा मानबशास्त्री, नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) को पूर्वमहासचिव, आदिवासी योद्धा तथा बौद्धिक स्व.प्रा.डा.ओम गुरुङ र भाषा तथा संस्कृतिविद्, शताब्दी पुरुष स्व. सत्यमोहन जोशीप्रति एक मिनेट मौनधारण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो ।

कार्यक्रममा उपस्थित् फिप्नाका सल्लाहकार निर्मल प्रधान, निवर्तमान अध्यक्ष तथा सल्लाहकार लोक चेम्जोङ, सभामुख शुर्वणकुमार शाक्य, लायन्स क्लब अफ क्वीन्स बुद्ध, न्यूयोर्कका अध्यक्ष एवं मकै हाउस टेलिभिजनका प्रधान सम्पादक बिक्की पुलामी र फिप्नाका सम्पूर्ण सदस्य संस्थाहरुको प्रतिनिधीहरुले बधाई तथा शुभकामना मन्तब्य राखेका थिए ।

समाजसेवी राई र शेर्पा सम्मानित
कार्यक्रममा न्युयोर्कका दुई ब्यक्तित्व लोकप्रिय समाजसेबी एवं नेपाल सरकार, न्यूयोर्कका लागि नेपालको पर्यटन सद्भावना दूत केशव राम राई र लेखक पासांङ शेर्पालाई सम्मान गरिएको थियो ।

बिगत २ दशकदेखि अमेरिकालाई कर्मथलो बनाउदै आएका राईले फिप्नाको सुरुवाती दिनदेखि निरन्तर रुपमा निस्वार्थरुपले सहयोग पुर्याउदै आईरहेको तथा आदिवासी जनजातीहरुको हकहित तथा नेपाली कला, संस्कृतिको विकास तथा संरक्षणमा पु¥याएको योगदानको उच्च कदर गर्दै फ्प्निाले उनलाई सम्मान गरेको हो ।

सोहि अवसरमा फिप्नाले कोरोनाको समयमा विशेष गरी न्युयोर्कमा रहि अहोरात्र समाजको निमित्त खटेका योद्धाहरु र कोरोना कहरलाई पुस्तकमा उतार्दै ‘कोरोना कथा’ प्रकाशन गरेका पासांङ शेर्पालाई पनि सम्मान गरेको छ ।

लामो समयदेखि गीत लेखन तथा साहित्य क्षेत्रमा शेर्पाले पुर्याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको बताइएको छ ।

सम्मानित व्यक्तित्व राई र शेर्पाले फिप्नाले गरेको सम्मानमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सक्रिय रहेर सामाजिक काममा लाग्नका लागि अझ जिम्मेवारी थपिएको बताएका थिए ।

त्यस्तै फिप्नाद्वारा गत अगष्ट १४ मा आयोजित ‘२२ औं बिश्व आदिवासी दिवस’ कार्यक्रममा फिप्नाका विभिन्न सदस्य संस्थाहरुबाट प्रतिधित्व गर्दै नृत्य प्रस्तुत् गरेका कलाकारहरुलाई प्रमाण–पत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रम संचालनको दौरानमा फिप्नामा भईरहेको क्रियाकलापहरु बाहेक केही नयाँ कार्यक्रमहरुहरु पनि गर्ने लक्ष्य र योजना अनुरुप फिप्नाको इतिहासमा पहिलोपटक वार्षिकोत्सव पारेर २ जना फरक विधाका व्यक्तित्वलाई सम्मन गरिएको संस्थाले जनाएको छ । साथै यस्तो कार्यक्रमलाई निरन्तररता दिने पनि महासचिव टोमा लामाले बताइन् ।

फिप्नाको इतिहासमा पहिलोपटक यसै वर्षदेखी अन्तर्राराष्ट्रिय नारी दिवस मनाउन पनि शुरु गरेको स्मरण गराउँदै यसरी फिप्नाले समय परिस्थिति अनुसार नयाँ नयाँ कार्यक्रम तथा गतिविधि गर्दै जाने प्रयास रहेको महासचिव टोमा लामाले जानकारी दिइन् ।

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष राजकुमार बिष्टले सम्पूर्ण बक्ताहरुले दिएको सुझाबहरुलाई मनन गरेर संस्थालाई अगाडि बढाउने बताउदै उपस्थित सबैमा आभार व्यक्त गरेका थिए ।

 

वि.सं.२०७९ मंसिर २६ सोमवार १६:४७ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...