back
CTIZAN AD

पालिकाद्धारा सामुदायिक विद्यालयमा संस्कृत शिक्षा लागू

वि.सं.२०७९ मंसिर २६ सोमवार

855 

shares

जलेश्वर । महोत्तरीको मनरासिस्वा नगरपालिकाले संस्कार र संस्कृति रक्षाका लागि भन्दै आफ्नो पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा संस्कृत शिक्षा लागू गरेको छ ।

नगर प्रमुख मोहन पाण्डेले आधुनिकताको नाउँमा पश्चिमा सभ्यता र शैली हाबी हुँदै गएकाले आफ्नो नगरभित्रका सबै सामुदायिक विद्यालयमा यसै शैक्षिक सत्रदेखि संस्कृत शिक्षा लागू गरेको बताए ।

नगरभित्र माध्यमिक तथा आधारभूत विद्यालय गरी जम्मा २३ सामुदायिक विद्यालय रहेकामा प्रत्येक विद्यालयमा चालु शैक्षिक सत्रदेखि नै संस्कृत शिक्षा लागू गरिएको प्रमुख पाण्डेले बताए । उनले २३ वटै विद्यालयका कक्षा एक देखि आठ सम्मका सम्पूर्ण विद्यार्थीले अनिवार्य रुपमा संस्कृत शिक्षा हासिल गर्नुपर्ने गरी प्रत्येक विद्यालयमा संस्कृत शिक्षा लागू गरिएको जानकारी दिए ।

प्रमुख पाण्डेले नगरभित्रका विद्यालयमा संस्कृत शिक्षा प्रदान गर्न यस विषयका २३ जना शिक्षक नियुक्त गरिएको र उनीहरुले नियमित रुपमा सबै विद्यालयमा संस्कृत विषयको पठनपाठन गराईराखेको बताए । यस पालिकामा सुरु गरिएको संस्कृत विषयको पठनपाठनबाट आगामी दिनमा यस विषयका जनशक्ति उत्पादन हुने पनि प्रमुख पाण्डेले विश्वास व्यक्त गरे ।

वि.सं.२०७९ मंसिर २६ सोमवार १६:१५ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...