back
CTIZAN AD

रुसी आक्रमण असफल पारेको युक्रेनको भनाई

वि.सं.२०७९ मंसिर २९ बिहीवार

627 

shares

किएभ । युक्रेनले राजधानी किएभ र आसपासको क्षेत्रमा रुसले गरेको आक्रमणलाई विफल पारेको बताएको छ । रुसले बुधबार विस्फोटक पदार्थले भरिएका ड्रोनबाट गरेको हमलालाई आफ्नो वायु रक्षा प्रणालीले विफल पारेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

रुसी आक्रमणलाई विफल पारिए पनि ड्रोनका केही भग्नावेशषबाट पाँचवटा भवनमा क्षति भएको तर कुनै मानवीय क्षति नभएको पनि उनीहरूले बताएका छन् । केही सातायता युक्रेनका पूर्व र दक्षिणी भागमा रहेका विद्युत् प्रसारण केन्द्रलगायत भौतिक पूर्वाधार एवम् सर्वसाधारणलाई लक्ष्य गरी आक्रमण जारी राखेको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आतङ्कवादीले इरानमा निर्मित १३ वटा ड्रोनहरू प्रहार गरेका तथा सबैलाई रोकिएको बताएका छन् । बिहानको समयमा गरिएका आक्रमणपछि हिउँले ढाकिएको राजधानी प्राय शान्त रहेको अधिकारीहरूले बताएका छन् ।

किएभका प्रमुख प्रशासक सेर्ही पोप्कोले दुई चरणमा भएको रुसी आक्रमणलाई विफल तुल्याइए पनि ड्रोनका भग्नावशेषले एउटा प्रशासनिक भवन र चारवटा आवासीय भवनमा क्षति भएको बताए । केन्द्रीय शेभचेन्किभस्की जिल्लामा रहेको एउटा तीनतले कर कार्यालय भवनको छतमा प्वाल परेको तथा रोकेर राखिएका सवारी साधनका शिशा फुटेका छन् । (रासस/एपी)

वि.सं.२०७९ मंसिर २९ बिहीवार ०८:२५ मा प्रकाशित

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...