back
CTIZAN AD

चाडको मरुभूमिमा चार बालकसहित २७ जना आप्रवासीको शव भेटियो

वि.सं.२०७९ मंसिर २९ बिहीवार

774 

shares

 

डकार । संयुक्त राष्ट्रसङ्घले चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिएका बताएको छ । चार जना बालबालिकासहित आप्रवासीका २७ शव फेला परेका आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले जनाएको हो ।

आप्रवासीहरू पश्चिम–मध्य चाडको मौसोरो सहरबाट करिब डेढ वर्षअघि पिकअप ट्रकमा निस्केका र ट्रक बिग्रिएर उनीहरूको भोकप्यासले ज्यान गएको उक्त सङ्गठनको अनुमान छ । उक्त घटनाबाट सङ्गठनले मर्माहत भएको बताउँदै मृतकका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

चाडमा सङ्गठनका चाड प्रमुख एनी क्याथ्रिन शेफरले यस्ता अकल्पनीय मृत्यु रोक्न सुदृढ सामूहिक काम अपरिहार्य भएको बताएका छन् । बितेका आठ वर्षमा सहारा मरुभूमि पार गर्ने प्रयासमा पाँच हजार छ सयभन्दा बढीको मृत्यु भएको वा बेपत्ता अभिलेखबाट सङ्गठन थप चिन्तित भएको उनले बताए । यो वर्ष करिब एक सय ५० आप्रवासीको मरुभूमिमा मृत्यु भइसकेको छ । (रासस\एपी)

 

वि.सं.२०७९ मंसिर २९ बिहीवार ०८:१४ मा प्रकाशित

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...