back
CTIZAN AD

चीनसँगको सीमा क्षेत्रमा द्वन्द्व बढ्न नदिन भारतको प्रयासमा अमेरिकी समर्थन

वि.सं.२०७९ मंसिर २९ बिहीवार

594 

shares

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले चीनसँगको सीमा क्षेत्रमा द्वन्द्व बढ्न नदिन तथा सिमानाको स्थितिलाई सामान्य तुल्याउने भारतको प्रयासमा आफ्नो समर्थन रहने स्पष्ट गरेको छ ।

गत शुक्रबार चीन र भारतको सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको विषयलाई लिएर अमेरिकी रक्षा मन्त्रालयले सिमानाको स्थितिलाई सामान्य बनाउन भारतीय पक्षबाट हुने प्रयासमा समर्थन रहने बताएको हो ।

भारत–चीन सीमाको वास्तविक नियन्त्रण रेखा (एलओसी)मा चीनले सैनिक उपस्थिति बढाउने तथा सैन्य पूर्वाधार निर्माण गर्नेलगायत त्यहाँ विकसित घटनाक्रमहरूलाई पेन्टागनले नजिकबाट नियालिरहेको मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले बताए । “हामी हाम्रा साझेदारहरूको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धतामा अडिग छौँ, त्यहाँको द्वन्द्वपूर्ण अवस्थालाई साम्य पार्न भारतको जारी प्रयासलाई पूर्ण समर्थन गर्छौं,” उनले भने ।

चिनियाँ जनमुक्ति सेना (पीएलए)वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय भूमिमा आएपछि दुवै सेनाबीच झडप भएको र हताहती नभए पनि दुवै पक्षका केही कर्मचारीलाई सामान्य चोट लागेको थियो । मङ्गलबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा चीनले पनि उक्त क्षेत्रको स्थिति अहिले सामान्य एवम् स्थिर रहेको बताएको थियो ।

मङ्गलबार नै लोकसभामा बोल्दै रक्षामन्त्री राजनाथ सिंहले अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा पीएलएबाट अतिक्रमणको प्रयास भएको र त्यसलाई भारतीय सेनाले बहादुरीका साथ विफल तुल्याएको बताएका थिए । साथै उनले उक्त मुद्दा कूटनीतिक माध्यमबाट चीनसँग उठाइएको जानकारी दिएका थिए ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भारत र चीनबीचको तनावलाई कम गर्न आह्वान गरेका छन् । महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले भारत–चीन सीमा क्षेत्रमा तनाव नबढोस् भन्ने सुनिश्चितताका निम्ति सम्बद्ध पक्षसँग महासचिवले आह्वान गरेको उनले बताए । (रासस÷एएनआई

वि.सं.२०७९ मंसिर २९ बिहीवार ०८:०९ मा प्रकाशित

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...