back
CTIZAN AD

अमेरिकाद्धारा इरानमा मानवाधिकार हनन गर्नेविरुद्ध प्रतिबन्धको घोषणा

वि.सं.२०७९ मंसिर २९ बिहीवार

678 

shares

वासिङ्टन, न्युयोर्क । संयुक्त राज्य अमेरिकाले इरानमा मानवअधिकार हनन गर्नेविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । इरानमा जारी प्रदर्शन र त्यसमा सहभागी भएकाहरूप्रति प्रशासनले दमन गरेकाले प्रतिबन्ध लगाउनुपरेको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले स्पष्ट गरेका हुन् ।

विश्वका अन्य देशसँग मिलेर इरानी दमनको निन्दा गरिएको बताउँदै उनले सरकार विरोधी शान्तिपूर्ण प्रदर्शनमा दमन हुननहुनेमा जोड दिए । युरोपेली सङ्घको विदेश मन्त्रीहरूले पनि इरानी धार्मिक नेता, वरिष्ठ अधिकारी र उच्च सरकारी कर्मचारीमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।

सरकार विरोधी प्रदर्शनमा उत्रेका दुई जनालाई दोस्रो पटक सार्वजनिक मृत्युदण्ड दिएपछि अमेरिका र युरोपेली देशले इरानमाथि प्रतिबन्ध लगाएका हुन् । गत सोमबार पनि मानव अधिकार उल्लङ्घनको आरोपमा २० व्यक्ति र एक संस्थामाथि प्रतिबन्ध लगाइएको थियो । रुस र अफगानिस्तान, भेनेजुएला, इरान, चीन र अन्य देशमा पनि मानवाधिकारको स्थिति दयनीय भएकामा अमेरिकाले चिन्ता व्यक्त गरेको छ ।

यसअघि अमेरिकाले मानवअधिकार उल्लङ्घनलाई मुद्दा बनाएर रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको थियो । बाइडेन प्रशासनले लगाउने प्रतिबन्धबाट अमेरिकी अधिकारक्षेत्रमा रहेका रुस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रा गर्न नपाइने तथा व्यापारिक कारोबार पनि बन्द हुनेछ । (रासस÷एएनआई)

वि.सं.२०७९ मंसिर २९ बिहीवार ०८:०४ मा प्रकाशित

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...