back
CTIZAN AD

वल्र्डलिंकद्वारा महिला हिंसाविरुद्धको सचेतना जगाउन ‘पोडकास्ट’ अभियान सञ्चालन

वि.सं.२०७९ मंसिर २९ बिहीवार

588 

shares

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्नो सामाजिक उत्तरायित्व (सीएसआर) अन्तर्गत महिला हिंसाविरुद्धको सचेतना जगाउन ‘पोडकास्ट’ अभियान चलाएको छ ।

‘अरेञ्ज द वल्र्ड’ नामक सो अभियान अन्तर्गत पुर्व मिस नेपाल सुगारिका केसीले विभिन्न क्षेत्रमा नाम कमाएका दस (१०) महिलालाई समेटेर ती महिलाको संघर्ष र हिंसाविरुद्धको अभियानमा उनीहरुको भूमिकाबारे ६ वटा पोडकास्ट निर्माण गरेकी थिइन ।

पोडकास्ट अन्तर्गत अन्तर्राष्ट्रिय शारीरिक सुगठन महासंघमा आवद्ध भएर नेपालको इज्जत राख्न सफल पहिलो महिला बिनिता राई, एकल खुट्टाले नाँचेर चर्चित भएकी रोमा न्यौपाने, पहिलो महिला नायब महानिरीक्षक मीरा चौधरी र मानव अधिकार अधिवक्ता प्रपुसा केसीसँग महिला हिंसा र उनीहरुको अनुभवबारे कुराकानी गरिएको थियो ।

यसैगरी पोडकास्टमा नेपालकै पहिलो कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान, अधिकारको क्षेत्रमा क्रियाशील शैली चौधरी, कैदी सहायता नेपालकी इन्दिरा रानामगर, नेपाल महिला राष्ट्रिय फूटबल टिमकी कान्छी खेलाडी प्रीति कुलुङ राई, गल्र्स इन टेककी आस्था शर्मा, भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक प्राडा. नीलम श्रेष्ठ र वल्र्डलिंकको सामाजिक उत्तरदायित्व (सीएसआर) की प्रमुख अनुपा जालानसँग कुराकानी गरिएको थियो ।

महिला हिंसा विरुद्धको अभियान अन्तर्गत पोडकास्टको समापन कार्यक्रममा बोल्दै बाग्मती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वल्र्डलिंकले महिलाविरुद्धको हिंसाबारे सचेतना जगाउन अभियान गरेको सुन्दा अचम्म परेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीको यो अभियानले लैंगिक हिंसा न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने बताए । ‘वल्र्डलिंककै कारण अहिले केटा र केटीले रोजी रोजी विवाह गर्न पाएका छन्, विश्वका खबर तुरुन्तै जनताले पाएका छन् ।’ उनले भनिन् ।

वल्र्डलिंक कम्पनीका निर्देशक बोर्डका लक्ष्मण यादवले सूचना प्रवाहले नागरिकको जीवनमा ठूलो परिवर्तन ल्याउने बताउँदै वल्र्डलिंक त्यही अभियानमा लागेको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सबै क्षेत्रमा इन्टरनेट सेवा पुर्याएपछि हिंसाबारे बोल्नलाई सजिलो भएको बताउँदै समाजमा रहेको असमानताबारे सबैले बोल्नुपर्ने बताए ।
गल्र्स इन टेककी आस्था शर्मा र फुटबल खेलाडी प्रीति राईले अनुभव सुनाएको कार्यक्रममा वर्ल्डलिंक सीएसआर प्रमुख अनुपा जालान र कार्यक्रम व्यवस्थापक अन्जलिता भुषालले वल्र्डलिंकले सीएसआर अन्तर्गत लैंगिक समानता, स्वच्छ ऊर्जा लगायतका क्षेत्रमा काम गरिरहेको जानकारी दिए ।

वि.सं.२०७९ मंसिर २९ बिहीवार ०८:४४ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...