back
CTIZAN AD

हिमालयन बैंकद्वारा मादीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर २९ बिहीवार

588 

shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मादी नगरपालिकामा मंसिर २३ गते पाख्रिवास नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले २४ गते शनिबार सो कार्यक्रम सम्पन्न गरेको जनाएको छ । कार्यक्रमको आयोजना बैंकको विराटनगर स्थित प्रदेश १ कार्यालय, मादी शाखा तथा हिले शाखाले संयुक्त रुपमा आयोजना गरेको जनाइएको छ ।

बैंकको सो कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु, राजनितिक दलका प्रतिनिधिहरु, विद्यालयहरुका शिक्षकहरु, शिक्षा शाखा प्रमुख, व्यवसायिक, विद्यार्थीहरु तथा महिलाहरु गरी करिब ७० जनाको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमबाट कार्यक्रममा उपस्थित सहभागीहरुलाई बैंक, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट निति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरुमा विस्तृत ज्ञान जानकारी दिएको बैंकले जनाएको छ ।

बैंकले मादी नगरपालिकामा आयोजना गरेको सो कार्यक्रममा मादी नगरपालिकाका प्रमुख जिवन कुमार लिंग्थेप प्रमुख अतिथिका रुपमा थिए भने पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ प्रमुख अतिथिका रुपमा थिए । यसै गरी कार्यक्रममा बैंकका तर्फबाट प्रदेश १ का प्रदेश प्रमुख अमृत मल्ल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७९ मंसिर २९ बिहीवार ०८:३९ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...