back
CTIZAN AD

नाडाको प्रदर्शनलाई समर्थन गर्दै वाडाले दियो पोखरामा धर्ना

वि.सं.२०७९ मंसिर २९ बिहीवार

735 

shares

काठमाडौ । पश्चिमाञ्चल अटोमोबाइल डिलर एसोसिएसन (वाडा) ले पोखरामा धर्ना कार्यक्रम गरेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन नाडाले सरकारले ८ महिना अघिदेखि लगाएको आयात प्रतिबन्ध खुल्ला गर्ने निर्णय स्वागतयोग्य भएपनि नगद मार्जिनको व्यवस्था हटाउन माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।

नाडाले गरेको विरोध प्रदर्शनलाई समर्थन गर्दै वाडाले पनि पोखरामा धर्ना कार्यक्रम गरेको हो । वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको धर्ना कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, वस्तुगत संघ, कास्की मोटरसाइकल अटो एसोसिएसन, नेपाली युवा उद्यमी मञ्च पोखरा लगायतका संस्थाहरुले समर्थन गरेका थिए ।

पोखराको मानवअधिकार चोकमा बुधबार भएको धर्ना कार्यक्रममा नाडाका उपाध्यक्ष मोहनबाबु खड्का, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, एनवाइइएफका अध्यक्ष सुयस मल्ललगायतले बोलेका थिए । धर्ना कार्यक्रममा व्यवसायीहरुले अटो कर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने, नगद मार्जिनको ब्यवस्था हटाउनु पर्ने, चालु पुँजी कर्जा मार्गदर्शन–२०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सीमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्ने माग गरेका छन् ।

वि.सं.२०७९ मंसिर २९ बिहीवार ०८:५८ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...