काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले शेयरधनीलाई प्रति शेयर ४ प्रतिशतका दरले बोनस शेयर र प्रतिशेयर ४.९५ प्रतिशतका दरले नगद लाभाँश दिने प्रस्ताव गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब ६६ करोड ९७ लाख ४० हजार ८९१ रुपैयाँ कमाएको थियो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भए पश्चात शेयरधनीले पाउनेछन् ।
वि.सं.२०७९ पुस १ शुक्रवार ०८:५८ मा प्रकाशित





























