काठमाडौं । सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरेको छ । यस सहकार्य अनुरुप सनराइज बैंकको ग्राहकहरुले विश्वज्योति सिनेप्लेक्समा हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क पाउनेछन् ।
पुस १ गतेदेखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तर्गत बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
यस योजनामा समावेश हुनको लागि ग्राहकहरुले टिकट खरिद बापतको रकम सनराइव बैंकका डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
वि.सं.२०७९ पुस १ शुक्रवार ०९:०५ मा प्रकाशित





























