back
CTIZAN AD

आतङ्वादविरुद्धका मुद्दालाई राजनीतिकरण गर्न नहुनेमा चीनको जोड

वि.सं.२०७९ पुस १ शुक्रवार

669 

shares

संयुक्त राष्ट्रसङ्घ । चीनले आतङ्वादविरुद्धका मुद्दालाई राजनीतिकरण गर्न नहुनेमा चीनको जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बैठकमा आतङ्वादविरुद्धका विषयमा हुने राजनीतिकरणको चीन विरोध गर्छ भने ।

चिनियाँ राजदूतले आतङ्कवाद विरोधी मुद्दाको राजनीतिकरण, दोहोरो मापदण्ड र चयनात्मक दृष्टिकोणको विपक्षमा आफ्नो देश रहेको बताउँदै विश्वव्यापी चुनौती बनेको आतङ्कवादलाई परास्त गर्न कुनै एक देश सक्षम नभएकाले त्यसविरुद्ध सबै राष्ट्र एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

विश्वको सुरक्षा सबैको साझा चासोको विषय भएकाले महासभा र सुरक्षा परिषद्का सबै आतङ्कवाद विरोधी प्रस्तावलाई कार्यान्वयन गर्न तथा सुरक्षा परिषदद्वारा सूचीकृत सबै आतङ्कवादी संगठन र व्यक्तिलाई कारबाही गर्नु सामूहिक दायित्व भएको उनले बताए ।

हालैका वर्षमा केही देशले आतङ्कवादका मुद्दामा समर्थन गरेकामा खेद प्रकट गर्दै चिनियाँ राजदूतले त्यस्ता गतिविधिले आफूलाई मात्र नभई समग्र विश्वव्यापी आतङ्कवादविरुद्धका सहयोगलाई कमजोर बनाउने बताए । उनले आतङ्कवादको साझा जोखिम सामना गर्दा सबै पक्षले भूराजनीतिक हिसाबकिताब राख्न नहुने, वैचारिक पूर्वाग्रह त्यागेर, न्यायिक एवम् व्यावहारिक ढङ्गले आतङ्कवाद विरोधी सहयोगलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । साथै उनले प्रतिआतङ्कवादका काममा राष्ट्रसङ्घको केन्द्रीय समन्वयकारी भूमिकालाई सबैले समर्थन गर्नुपर्नेमा जोड दिए । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ पुस १ शुक्रवार १७:३१ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...