back
CTIZAN AD

विद्युत् विस्तार भएसँगै परम्परागत पानीघट्ट लोप हुँदै

वि.सं.२०७९ पुस ३ आइतवार

717 

shares

खलङ्गा । गाउँ घरमा वर्तामान समयमा पानीघटट लोप हुदैँ गएको पाइन्छ । गाउँघरमा पछिल्लो समय विद्युत् विस्तार भएसँगै पानीघट्ट लोप हुँदै गएका छन् । आधुनिक प्रविधि भित्रिएपछि पानीघट्ट लोप हुँदै गएका हुन् ।

शैल्यशिखर नगरपालिका–६ का अकबरसिंह धामी विगतमा परम्परागतरुपमा चलिआएको जाँतोलाई आधुनिकतामा परिणत गर्दै लगेको बताउँछन् । विद्युत्को पहुँच सबैतिर पुगेसँगै पानीघट्ट लोप हुन थालेको उनको भनाइ छ । महाकाली नगरपालिका–७ का फगिरसिंह धामी केही वर्षअघि घरघरमा जाँतोमा अन्न पिस्ने गरेकामा अहिले आधुनिक चक्की स्थापनासँगै त्यो लोप भएको बताउँछन् ।

रातभरि जाँतोमा अन्न पिँध्नुपर्ने बाध्यतालाई मध्यजनर राख्दै स्थानीय सामग्री प्रयोग गरेर निर्माण गरिने पानीघट्ट पनि केही वर्षयता लोप हुँदै गएका छन् । पानीको मुहान सुक्दै जानु, विद्युतीय मिल भित्रिनुलगायत कारणले पानीघट्ट लोप हुँदै गएका छन् । छिटोछरितोका लागि विद्युतीय मिलको स्थापना गाउँगाउँमा भएपछि पानीघट्ट बनाउ छाडेको र पानीघट्टसम्बन्धी कसैले चासो नराखेका धामीले बताए ।

“केही वर्ष अगाडिसम्म दिनभरि मेलापात गरेर रातिको समयमा अन्न पिसानी गर्न पानीघट्ट जाने गर्दथे, अहिले घरघरमा विद्युत्बाट चल्ने आधुनिक मेसिन आएसँगै पानीघट्टको कसैले वास्ता गरेका छैनन”, शैल्यशिखर–६ का दानसिंह धामीले भने । पानीघट्टमा पिठो पिस्न समय लाग्ने र विद्युतीय मिलमा छिटोछरितो हुने भएकाले पनि घट्टको प्रयोग घट्दै गएको उनकोे भनाइ छ ।

 

वि.सं.२०७९ पुस ३ आइतवार १६:३४ मा प्रकाशित

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...