काठमाडौं । निर्वाचन आयोगले मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।
आयोगको कान्तिपथस्थित कार्यालयमा आइतबार दिउसो आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले सांसदहरुलाई प्रमाणपत्र वितरण गरेका थिए भने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सांसदहरुलाई बधाई दिएका थिए ।
प्रतिनिधिसभा तथा प्रदेश सभामा विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित सांसदहरुसहित निर्वाचनको अन्तिम परिणाम मंसिर २८ गते बुधबार सार्वजनिक गरेको थियो ।
आयोगले लगत्तै बिहीबार उक्त निर्वाचन प्रतिवेदनलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन र शुक्रबार सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई बुझाएको थियो ।
वि.सं.२०७९ पुस ३ आइतवार १६:४३ मा प्रकाशित






























