काठमाडौं । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपा ललितपुरमा आज दिउँसो बसेको बैठकले आफ्नै नेृत्वमा नयाँ सरकार गठन गर्ने औपचारिक निर्णय गरेको हो ।
उक्त बैठकले गठबन्धनको सरकारलाई निरन्तरता दिने कांग्रेसको लक्ष्य रहेको तथा यस विषयमा गठबन्धनभित्रका दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
‘कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने विषयमा गठबन्धनभित्र र अन्य दलहरुसँग पनि छलफल हुन्छ ।’ डा. महतले भने ।
सोहि बैठकले संसदीय दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा निर्वाचन समिति बनाएको छ भने दुईदिन पछि दलको नेता चयनका लागि निर्वाचन हुने समेत जानकारी दिएका छन् ।
सत्ता गठबन्धनभित्रको कांग्रेसपछिको दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने तर पहिलो चरणमा आफ्ने नेतृत्वमा सरकार बन्ने दावी गरिरहेका सन्दर्भलाई कांग्रेसले अनुसिचत नभएको बताएको छ । यद्यपी संसदमा पहिलो ठूलो दल बनेको नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरिरहेका छन् ।
वि.सं.२०७९ पुस ३ आइतवार १७:०२ मा प्रकाशित






























