काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । साेमबार बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
रास्वपाले दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन गर्न भने बाँकी छ । आजै बाेलाइएकाे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पद पूर्ति गर्ने रास्वपाले जनाएको छ ।
सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि सोही बैठकमा छलफल हुने एक नेताले बताए ।
रास्वपाले मंसिर ४ मा भएको निर्वाचनमा प्रत्यक्षमा ७ सिट र समानुपातिमा १३ सिट जितेको छ ।
वि.सं.२०७९ पुस ४ सोमवार ११:५४ मा प्रकाशित






























