काठमाडौँ । कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पु¥याउने उद्देश्यका साथ एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ ।
समय सापेक्ष ग्राहकको चाहना अनुसार नवीनतम प्रविधिमार्फत सेवाहरु प्रवाह गर्दै आएको बताएको बैंकले पुस १ गते शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा सुचारु गरेको जनाएको छ ।
बैंकका नायव महाप्रबन्धक लालबहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको अनावरण गरि सेवा शुभारम्भ गरेका थिए ।
कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत बिकास ढुङ्गाना, उच्च पदस्थ कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो ।
यस पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ । बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम, पोस्का जस्ता सेवा सुविधा सजिलैे प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ ।
वि.सं.२०७९ पुस ४ सोमवार १२:१८ मा प्रकाशित






























