back
CTIZAN AD

तरकारी व्यापारले फेरियो महिलाको जीवनस्तर

वि.सं.२०७९ पुस ५ मंगलवार

651 

shares

जनकपुरधाम । केही वर्षअघिसम्म गाउँको साहुमहाजनमा बनिबुतो गरी परिवारको गुजारा गर्दै आएकी सप्तरी डाँक्नेश्वरी नगरपालिका–१ कबिलासाकी सुर्तीदेवी सदालाई आजभोलि बजारमा तरकारी पुर्याउन भ्याननभ्याइ छ । सामान्य लेखपढ गर्नसमेत नजानेकी सुर्तिदेवीलाई अहिले बिहान हुने बित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र गाउँ नजिकैको सहरमा कतिबेला पुर्याउने भन्ने हतारो हुन्छ ।

दुई वर्षअघिसम्म रकमको आभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी सदालाई अहिले भने तरकारी खरिद बिक्रीलाई आफ्नो आयआर्जनको राम्रो आधार बनाएकी छिन् । आयआर्जनको गतिलो आधारसँगै उनको जीवनमा परिवर्तन मात्र होइन् परिवारको पहिचानसमेत फेरिएको छ । आयआर्जनको ठोस् आधार नपाउँदा केही वर्षअघिसम्म गाउँकै साहुमहाजन कहाँ हरवा चरवाको रुपमा बनिबुतो गर्दै आएको विगतको अतित सम्झिँदै उनिले भनिन्,“पहिले ज्याला मजदूरीमा सधँै काम गरेर जीविकोपार्जन गरिरहेको थिएँ, बालबच्चालाई पालनपोषण गर्न धौधौ हुन्थ्यो ।”

हरवाचरवाको रुपमा काम गर्दा मात्र तीन किलो धान मात्र ज्याला पाउथ्ये, त्यसकारण परिरवार चलाउन समस्या हुन्थ्यो । उनिले भनिन्,“तर अब मेरो त्यो दुःखको दिन हट्यो ।” अहिले तरकारी व्यापार गरेरै पाँच जनाको परिवार चलेको छ । दुई वर्षदेखि तरकारीको व्यवसाय सुरु गरेको उनिले परिवारको गुजारा चलाउनु मात्रै होइन्, छोराछोरीलाई नजिकै विद्यालयमा पढाउँदै आएकी छिन् । त्यति मात्रै होइन्, त्यही तरकारी व्यापारबाट १० धुर जग्गासमेत जोडेकी छिन् ।

सधँै घरबाट निस्कन र बोल्न लजाउने स्वभावकी स्थानीय वसन्तीदेवी सदालाई पनि यतिबेला मौसम अनुसारको हरियो तरकारी खरिदबिक्री गर्न भ्याइनभ्याइ छ । श्रीमान्को मृत्युछि आर्थिक रुपमा कष्टपूर्णजीवन विताइरहेकी वसन्तीदेवीको तरकारी व्यापारबाट राम्रो आम्दानी हुन थालेसँगै जीवनयापन सहज बनेको छ ।

‘‘पतिको मृत्युपछि कसरी गुजारा गर्ने भन्ने चिन्ता थियो”, वसन्तीदेवीले भनिन्,‘‘तर विगत दुई वर्षदेखि तरकारी व्यापार सुरु गरेपछि अहिले त्यो चिन्ता हटेको छ, राम्रो आम्दानी हुन थालेपछि आफ्नो दुःखको दिन टरेको महसुस भइरहेको छ ।”

समान्य घरायसी गर्जाे टार्न समेत साहु महाजनसँग ऋण माग्न बाध्य सोही ठाउँकी कुशेश्वरी सदाको त्यो समस्या टरेको छ । सुर्तिदेवी र वसन्तीदेवी जस्तै कुशेश्वरी सदा पनि तरकारीको व्यापार थालेपछि परिवारको गर्जाे टार्न साहुमहाजनसँग ऋण काट्नुपर्ने बाध्यता हटेको बताउँछन् ।

अशिक्षा र अज्ञानताका कारण आर्थिक विपन्ता झेल्दै आएका सो दलित बस्तीका महिलाको जीवनमा उनीहरुकै अग्रसरताबाट गठन भएको समूहबाट आएको हो । ‘‘ सुरुमा म धेरै लजाउँथे, के गराँै नगरौँ भन्ने थाहै थिएन्, सधँै मजदूरी गरेर जेनतेन परिवार मात्रै पाल्थे”, कुशेश्वरीले भनिन्,“तर, जब गाउँमा हरवाचरवा सशक्तीकरण कार्यक्रम अन्तर्गत यहाँका महिला समूह बनाएर बचत तथा ऋण गरे, तबदेखि मेरो जीवनमा परिवर्तन आयो ।”

‘द’ फ्रिड्म फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा सञ्चालित हरवारचवा सशक्तीकरण कार्यक्रम अन्तर्गत गठित महादेव हरवाचरवा बचत तथा ऋण समूहमा आवद्ध भएकी कुशेश्वरीले पाँच हजार अनुदान सहयोगमा दुईबर्ष अघिबाट तरकारी व्यापार सुरु गरेकी छिन् । उनीहरु राजविराज, सिरहाको लहान, गोलबजार, धनगढीमाई लगायतको बजारबाट सस्तोमा तरकारी खरिद गरी स्थानीय पातो, तरही, मधुवनी , ब्रहमपुरलगायतको बजारमा तरकारी व्यापार गर्दै आएकी छिन् ।

“अहिले त्यही व्यापारबाट दैनिक तीन सय देखि एक हजारसम्म नाफा भइरहेको छ”, कुशेश्वरीदेवीले भिनिन्,‘‘तरकारी व्यापारबाट हुने कमाइले परिवारको गुजारा चलाउनेदेखि मासिक बचतसमेत गर्दै आएकी छु ।” व्यापार फस्टाउँदै गएपछि ऋण चुक्ता गएर समूहमै बचत गर्दै आएको उनको भनाइ छ ।

‘‘सुरु सुरुमा तरकारी व्यापार गर्न लाज लाग्दै थियो”, वसन्तीदेवीले भनिन्,“तर केन्द्रले सञ्चालन गरेको हरवाचरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत साना व्यापारसम्बन्धी प्रशिक्षण लिएपछि विस्तारै मलाई पनि हिम्मत आयो र लाज मानेरै भए पनि तरकारी किनबेचलाई निरन्तरता दिँदै आएकी छु ।”

अहिले पति बैधनाथहित परिवाकारका सदस्यबाटसमेत व्यापारमा राम्रो साथ पाइरहेको उनिले सुनाईन ।

तरकारी व्यापारका कारण अहिले साहुमहाजनको ऋणबाट मुक्तिबाट मात्र होइन् गरिबी जीवनबाटसमेत छुटकारा पाएको अनुभव हुँदै गएको सुर्तिदेवीको भनाइ छ । दलित बस्तीका महिलाको कामबाट आफुहरु उत्साहित भएको सुनाउँदै श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता नरेश सदाले भने,“ मैथिलीमा एउटा भनाइ छ, जेने करे कपार, से करे व्यापार (जे सम्भव छैन् भाग्यबाट त्यो सम्भव छ, व्यापारबाट) हो रहेछ, त्यो मैले महसुस गरेँ ।”

महादेव हरवाचरवा ऋण तथा बचत समहूमा दलित हरवाचरवा परिवारका ४३ जना आवद्ध रहेको समूहका अध्यक्ष कैलु सदाले बताईन् । समूहमा आवद्ध महिला तथा पुरुष आफ्नो कमाइबाट भएको आम्दानीमध्ये मासिक रु ५० का दरले बचत गर्छन् । आर्थिक समस्यामा परेका सदस्यलाई बैठकबाट ऋण दिने र लगानी गर्ने गरेको उनको भनाइ छ । गत २०७८ सालमा गठन भएको सो बचत तथा ऋण समूहमा हाल रु १६ हजार बचत भएको र त्यसमध्ये रु १४ हजार समूहमा लगानी रहेको सचिव चन्द्रकान्त सदाले बताईन् । निकट भविष्यमै सहकारीमा दर्ता गराउने तयारी गरेको छ ।

वि.सं.२०७९ पुस ५ मंगलवार १३:२३ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...