back
CTIZAN AD

प्रचण्डसँगकाे छलफल पछि प्रकाशमान सिंह बालुवाटारमा

वि.सं.२०७९ पुस ८ शुक्रवार

660 

shares

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटार पुगेर नेता सिंहले प्रचण्डलाई भेटेका हुन् ।

दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो । नेता सिंहका सहयोगी युपी लामिछानेका अनुसार संसद्को ठूलो दल भएकाले पहिलो चरणमा कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रचण्डसँग प्रस्ताव गरेका थिए । तर, जवाफमा प्रचण्डले कुनै पनि हालत पहिले आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका थिए ।

‘कांग्रेस संसदको ठूलो दल भएकाले स्वाभाविक रूपमा सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गर्दा उचित हुने प्रस्ताव नेता सिंहले राख्नुभएको थियो । तर प्रचण्डले देउवाले पहिले नै गठबन्धन सरकारको नेतृत्व गरिसकेकाले अहिले आफूले पाउनुपर्ने अडान राख्नु भो,’ उनले सञ्चारमाध्यमसँगकाे कुराकानीमा भने, ‘प्रचण्डको त्यही सन्देश लिएर नेता सिंहले प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेट गरिसक्नु भयो ।’

प्रचण्डलाई भेटेलगत्तै नेता सिंह सिधै बालुवाटार पुगेका थिए । कांग्रेसले कुनै पनि हालतमा राष्ट्रपति नछाड्ने बरु प्रधानमन्त्रीमा खुला रहेको विकल्प गठबन्धन दललाई सुनाइसकेको छ । तर पनि देउवाले पहिले प्रधानमन्त्री आफूले पाउनुपर्ने, दुई वर्षपछि प्रचण्ड र तेस्रो कार्यकाल अर्थात् एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने विकल्प प्रस्तुत गरेका छन् ।

वि.सं.२०७९ पुस ८ शुक्रवार १२:१७ मा प्रकाशित

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

काठमाडौँ । सशस्त्र प्रहरी बलको मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयबाट...

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

काठमाडौँ । सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै...

नयाँ सामग्री खरिद नगर्न निर्देशन

नयाँ सामग्री खरिद नगर्न निर्देशन

काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

लमजुङ । मोटरसाइकलको ठक्करबाट आज यहाँ एक वृद्धको मृत्यु भएको...