काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले लाभांश घाेषणा गरेकाे छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घाेषणा गरेकाे हाे ।
जसअन्तर्गत असार मसान्तमा कायम चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने रकम ६ करोड १० लाख ३२ हजार ८४५ रुपैयाँ बोनश सेयर वितरण गर्ने कम्पनीले जनाएको छ ।
कर प्रयोजनका लागि १ हुन आउने रकम ३२ लाख १२ हजार २५५ रुपैयाँ नगद लाभांश पनि दिने भएको छ ।
यस संस्थाले अघिल्लो वर्ष भने २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
नेपाल राष्ट्र बैंक र साधनाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।
वि.सं.२०७९ पुस ८ शुक्रवार १२:११ मा प्रकाशित



























