काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थीहरु एक ठाउँमा हुनुपर्र्ने बताएका छन् ।
सुर्खेतमा शुक्रबार आयोजित पत्रकार महासंघको साधारणसभामा महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धन लक्ष्य बिहीन अवस्थामा रहेको र गठबन्धन जनताका लागि नबनेको बताए ।
पत्रकार सम्मेलनका क्रममा उनले भने–‘अहिलेको गठबन्धन लक्ष्यविहीन छ । वामपन्थीहरु एक ठाउँमा उभिनुपर्छ, यो गठबन्धनको जनताका लागि बनेको होइन ।’
पोखरेलले अहिले सामाजिक मूल्य मान्यता स्खतिल भइसकेको बताउँदै संचारमाध्यमले आदर गर्नुपर्नेलाई आदर गर्नुपर्ने भुलिसकेको तथा अहिलेको पत्रकारिता फोहोरी रुपमा अघि बढेको बताए ।
‘समाज अन्य विरुद्धमा बोल्न सक्ने । तर, आफ्नो समस्या विरुद्धमा बोल्न सक्दैनौं ।’ पोखरेलले भने ।
पोखरेलले पुराना दलहरुले जनादेश गुमाएका कारण नै नयाँ शक्तिहरु उत्पादन भएको पनि बताए ।
वि.सं.२०७९ पुस ८ शुक्रवार १५:४० मा प्रकाशित






























