back
CTIZAN AD

राजमार्गअन्तर्गतका घरटहरा भत्काउन थालियो

वि.सं.२०७९ पुस ८ शुक्रवार

753 

shares

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्रङ सडकखण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा आजदेखि भत्काउन सुरु गरिएको छ । सडक विस्तार गरी छ लेनको बनाउने कार्य भइरहेको उक्त खण्डका अतिक्रमित घर टहरा भत्काउन लागिएको हो ।

डिभिजन सडक कार्यालय चितवनले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ । यो सडक निर्माणका क्रममा ५८ घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए ।

कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको उनकोे भनाइ छ । घरका टप भत्काउनुपर्नेको सङ्ख्या एक सयभन्दा माथि छ । ती घरको टपबाहेक १० सेन्टिमिटरदेखि १.५ मिटरसम्म भत्काउनुपर्ने पौडेलले जानकारी दिए ।

सडक ५० मिटर फराकिलो हुने भएकाले त्यसभित्र परेका संरचना भत्काइने उनले बताए । यसअघि ३५ र १५ दिनको समय दिएर सूचना जारी गर्दा अटेर गरेकाले कार्यालय आफैँले भत्काउन लागेको हो ।

वि.सं.२०७९ पुस ८ शुक्रवार १५:५५ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...