back
CTIZAN AD

एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना कति ?

वि.सं.२०७९ पुस ८ शुक्रवार

819 

shares

काठमाडौं । सत्ता गठबन्धनभित्र शक्ति बाँडफाँटको विषयमा छलफल चल्दै गर्दा नेकपा (एमाले)ले माओवादी केन्द्रलाई प्रधानमन्त्रीको लागि अफर गरेको विषयले तताएको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनले बिहीबारको गठबन्धनको छलफलमा एमालेबाट आएको अफरबारे कुरा राखेका थिए । उनले कांग्रेसले सर्त अस्वीकार गरे एमालेसँग सहकार्य हुन सक्ने पनि चेतावनी दिएका थिए ।

हुन त निर्वाचनको परिणाम आउँदै गर्दा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन नै गरेर सहकार्यको प्रस्ताव गरेका थिए । ओलीले माओवादीसँग सहकार्यको लागि योबीचमा थुप्रै दोस्रो तहका नेताहरु पठाएर छलफल पनि गराएका छन् ।

नेताहरु विष्णु पौडेल, रघुविर महासेठ, सुवास नेम्वाङ्गगायतका नेताहरुले प्रचण्डलाई उनकै निवासमा पनि पुगेर भेटेका छन् । यसबीचमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि पटक–पटक दुई पार्टीबीच सहकार्य निम्ति छलफलमा छन् ।

तर, ओलीका विश्वासपात्र मानिएका नेता विशाल भट्टराई माओवादीसँग सहकार्य हुने कुरा सम्भव नभएको बताउँछन् । उनी एमालेको प्रस्तावमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुने कुरा पनि सम्भव नहुने स्पष्ट पार्छन् ।

“कम्युनिष्टहरुको एकता विफल भइसकेको छ, प्रचण्डजीलाई कम्युनिष्ट भन्नु नै बेकार हो, आफ्नै पार्टी ढालेर हिँडेकोलाई कसरी कम्युनिष्ट भन्ने ?”, उनले प्राइम टिभीसँगको कुराकानीमा भनेका छन्, “उहाँलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन, बरु उहाँले समर्थन गरे अध्यक्ष ओली जी प्रधानमन्त्री बन्नुहोला । एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुन सक्नुहुन्न ।”

एमालेको पार्टी नीति प्रचण्डलाई सहयोग गर्ने पनि नरहेको उनले स्पष्ट पारेका छन् । उनका अनुसार एमालेका नेताहरुले प्रचण्डलाई भेट गरेको विषय नितान्तः व्यक्तिगत हुन् ।

सम्बन्धित समाचार

सुरुमा प्रधानमन्त्री को ? कांग्रेस र माओवादी आ–आफ्नै अडानमा

वि.सं.२०७९ पुस ८ शुक्रवार १७:४१ मा प्रकाशित

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव...

मकैबारीमा मृत गैँडा भेटियो

मकैबारीमा मृत गैँडा भेटियो

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...