काठमाडौं । सत्ता गठबन्धनबीचको बैठक भाँडिएपछि माओवादी केन्द्रका नेताहरु एमालेसँगको छलफलमा जुटेका छन् भने कांग्रेसलगायतका दलहरु आन्तरिक छलफलमा छन् । गठबन्धन बैठक भाँडिएपछि एकीकृत समाजवादीको अहिले सचिवालय बैठक चलिरहेको छ ।
एकीकृत समाजवादीको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन भाँडिनुको कारणबारे ब्रिफिङ्ग गरेका छन् । अध्यक्ष नेपालको भनाई उद्र्धत गर्दै एक नेताले भनेअनुसार प्रचण्डले कुनै सल्लाह नै नगरी बालकोट पुगे ।
“प्रचण्डले कुनै सल्लाह नगरी गए, अब हामी एमालेसँग मिलेर जाने अवस्था रहेन”, अध्यक्ष नेपालले गरेको ब्रिफिङ्गबारे एक नेताले भनेका छन् ।
एकीकृत समाजवादीभित्र एमालेसँग अहिलेकै अवस्थामा सहकार्य गर्न नहुने धारणा छ ।
वि.सं.२०७९ पुस १० आइतवार १५:२२ मा प्रकाशित






























