काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा पुगेका छन् ।
सरकार गठनका लागि बहुमत पुर्याउन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समावादी पार्टीबीच बालकोटमा छलफल चलिरहेका बेला डा राउत पनि छलफलमा सहभागी हुन त्यहाँ पुगेका हुन् ।
डा. राउतलाई बालकोटको बैठकमा सहभागी हुन दलका नेताहरुले आग्रह गरेपछि उनी त्यहाँ पुगेको बताइएको छ । राउतको साथमा ६ सांसद रहेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई दल मिलेर सातदिनभित्रमा सरकार गठनका लागि गरेको आव्हानको समयसीमा आज अपरान्ह ५ बजे सकिदैछ ।
यसअघि सत्ता गठबन्धनको नेतृत्वमा सरकार बनाउने विषयमा छलफल गरिरहेका दलहरुबीच प्रधानमन्त्री को पहिला बन्ने भन्ने विषयमा सहमति हुन नसकेपछि एमाले, माओवादी केन्द्र लगायतका दलहरु नयाँ समिकरण बनाएर सरकार गठनका लागि छलफल जारी राखेका छन् ।
वि.सं.२०७९ पुस १० आइतवार १५:३२ मा प्रकाशित






























