काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको एमाले र माओवादीलगायतका दलहरुको बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति गरेको छ ।
माओवादीको नेतृत्वमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत र उन्मुक्ति पार्टी सम्मिलित सरकार बन्ने सहमति भएको हो ।
दलहरुबीच भएको सहमतिअनुसार साढे २ वर्षपछि भने सरकारको नेतृत्व एमालेले लिनेछ ।
बैठकमा सहभागी माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बताएअनुसार प्रचण्डको नाममा राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेश गर्ने सहमति भएको छ।
दलहरुबीच सहमति भएअनुसार प्रचण्डको पक्षमा एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन रहनेछ ।
सम्बन्धित समाचार
बालकोटमा चार दलको बैठक, बेग्लै समिकरण निर्माणको प्रयास
गठबन्धनबीच भएन सहमति, रामचन्द्र पौडेल भन्छन् – गठबन्धन टुट्यो
वि.सं.२०७९ पुस १० आइतवार १५:५२ मा प्रकाशित






























