काठमाडौं । सत्ता साझेदार दलहरुबीचको बैठक असफल भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बेग्लै समिकरणको निर्माणको प्रयास भएको छ । बालकोटमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजात्नत्र पार्टीका नेताहरु छलफलमा जुटेका छन् ।
अहिले बालकोटमा एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा अध्यक्ष रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन छन् । बैठकमा एमाले र माओवादीका दोस्रा स्तरका नेताहरु पनि छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिनै लाग्दा दलहरुबीच सरकार निर्माणको पेचिलो कसरत देखिएको छ । दलहरुले बेग्ला–बेग्लै छलफल चलाइरहेका छन् ।
सत्ता गठबन्धनमा राष्ट्रपति र प्रधानमन्त्री पद बाँडफाँटको विषयले वार्ता असफल भएको थियो ।
सम्बन्धित समाचार
गठबन्धनबीच भएन सहमति, रामचन्द्र पौडेल भन्छन् – गठबन्धन टुट्यो
वि.सं.२०७९ पुस १० आइतवार १४:३६ मा प्रकाशित






























