काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्याको अनुसन्धान गरी उनलाई न्याय दिलाउने पहल गर्ने निर्णय गरेका छन् । उपप्रधान तथा गृहमन्त्री पदको पदभार ग्रहणपछि मन्त्री लामिछानेले यस्तो निर्णय गरेका हुन् ।
यसअघि स्वयम् लामिछानेले पत्रकारिताको भूमिकाबाट पन्तलाई न्याय दिलाउन अभियानात्मक रुपमै लागेका थिए ।
वि.सं.२०७९ पुस ११ सोमवार १७:३९ मा प्रकाशित






























