back
CTIZAN AD

रूसी हवाई शिविरमा युक्रेनी ड्रोन खस्दा तीन जनाको मृत्यु

वि.सं.२०७९ पुस ११ सोमवार

765 

shares

मस्को । रूसी हवाई सुरक्षा फौजले युक्रेनको एउटा ड्रोन दक्षिणी रूसको एक हवाई शिविरनजिक पुगेपछि रूसले खसालेको रूसी समाचार संस्थाहरूले सोमबार बताएका छन् । उक्त घटनामा तीन जना रूसी प्राविधिकको मृत्यु भएको रूसले जनाएको छ ।

यो महिना एङ्गेल्सको शिविरमा भएको यो दोस्रो आक्रमण हो । एङ्गेल्स, दक्षिणी सारातोभ क्षेत्रमा, युक्रेनबाट ६०० किलोमिटर (३७० माइल) भन्दा बढी दूरीमा अवस्थित छ ।

“डिसेम्बर २६ मा मस्को स्थानीय समयअनुसार १ः३५ बजे सारातोभ क्षेत्रमा रहेको एङ्गेल्स सैन्य एयरफिल्डनजिक पुग्ने क्रममा युक्रेनी मानवरहित हवाई यानलाई कम उचाईमा गोली हानी खसालिएको थियो,” रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रूसी समाचार संस्था ( तास) ले उल्लेख गरेको छ ।

“ड्रोनको भग्नावशेष खसेपछि हवाई क्षेत्रमा रहेका तीन जना रूसी प्राविधिक सैनिक गम्भीर घाइते भएका छन्,” उनले भने, घाइते तीनै जनाको निधन भइसकेको छ । डिसेम्बर ५ मा मस्कोले युक्रेनी ड्रोनले एङ्गेल्स आधारशिवर र रयाजान क्षेत्रमा रहेको अर्को शिविरमा विस्फोट गराएको बताएको थियो ।

रक्षा मन्त्रालयले कुनै पनि विमानमा क्षति नपुगेको तासले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेका थिए । रासस/एएफपी)

वि.सं.२०७९ पुस ११ सोमवार १७:४५ मा प्रकाशित

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...