back
CTIZAN AD

‘सुकीविरूद्धको अन्तिम मुद्दाको फैसला शुक्रबार आउने’

वि.सं.२०७९ पुस ११ सोमवार

621 

shares

याङ्गुन । म्यान्मारको जुन्ता सरकारप्रति वफादार अदालतले जेलमा रहेका नागरिक नेतृ आङ सान सुकीको १८ महिना लामो सुनुवाइका बाँकी पाँच वटा अभियोगमा शुक्रबार फैसला सुनाउने भएको छ । गत वर्ष फेब्रुअरीमा सेनाले सुकीको सरकार अपदस्थ गरेपछि सुकीले नजरबन्द (जेल) जीवन विताउँदै आएकी छन् ।

नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि अवैध रूपमा वाकीटकी आयात गरेको र सरकारी गोपनीयता सम्बन्धी ऐन उल्लङ्घन गरेको १४ वटा अभियोगमा यसअघि नै दोषी ठहर गर्दै ‘२६ वर्ष’को जेल सजाय सुनाइएको छ ।

“दुवै पक्षले आज अदालतमा अन्तिम बहस गरेका छन्,” सोमबार नाम नबताउने शर्तमा एक जना सरकारी अधिकारीले बताए ।

आफु सञ्चारमाध्यमलाई रिपोर्टिङ् गर्न अख्तियारप्राप्त व्यक्ति नभएको बताउँदै नाम गोप्य राख्ने शर्तमा उनले भने, “आगामी शुक्रवार (३० डिसेम्बर) मा फैसला आउनेछ ।” उनले सुकीको स्वास्थ्य राम्रो रहेको पनि बताए ।

अधिकारवादी समूहहरूले यो मुद्दालाई ढोंगको संज्ञा दिएका छन् र बुधबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले म्यान्मारको ‘कू’ पछिको अवस्थाबारे आफ्नो पहिलो प्रस्तावमा सुकीलाई रिहा गर्न जुन्ता सरकारलाई आग्रह गरेको छ । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ पुस ११ सोमवार १७:३९ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...