back
CTIZAN AD

प्रभु क्यापिटलको वैदेशिक रोजगार लक्षित ‘निःशुल्क रेमिट्यान्स डिम्याट खाता’

वि.सं.२०७९ पुस १२ मंगलवार

753 

shares

काठमाडौं । प्रभु क्यापिटलले वैदेशिक रोजगारीलाई रहेका नेपालीहरुका लागि रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।

‘देशलाई योगदान, प्रभु क्यापिटलको सम्मान’ भन्ने स्लोगन सहित क्यापिटलले यो निःशुल्क डिम्याट स्किम सञ्चालनमा ल्याएको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनहरुका लागि लक्षित गरी क्यापिटलले सो खाता योजना सञ्चालनमा ल्याएको हो ।

वैदेशिक रोजगारमा रहेका तथा जान लागेका व्यक्तिहरुको देशप्रतिको योगदानलाई सम्मान गर्दै सोही आरक्षित सेयरमा उनीहरुको सरल र सुलभ पहुँच तथा देशलाई रेमिटयान्समा उल्लेखनीय योगदानको सम्मान गर्दै क्यापिटलले नयाँ योजना सार्वजनिक गरेको हो । योजना अन्तर्गत डिम्याट खाता खोल्दा १ वर्षका लागि निःशुल्क वार्षिक शुल्क र मेरो शेयर सेवा पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीहरुले आईपीओ जारी गर्दा सर्वसाधारणमा निष्काशित सेयरको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि छुटयाई बाडँफाँड गर्नुपर्ने प्रावधान लागू गरेको छ । सोही व्यवस्थालाई सघाउ र्पुयाउने उदेश्यलाई सघाउन यो योजना ल्याएको प्रभु क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार सो योजनामा डिम्याट आवेदन समावेश हुनका लागि ग्राहकहरुले वैदेशिक रोजगारीको लागि सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएको प्रमाण संलग्न गर्नुपर्नेछ भने परिवारजनको हकमा डिम्याट आवेदन भर्दा नाता प्रमाणित कागजात आवश्यक हुनेछ ।

यस योजनामा देश वा विदेशमा श्रम स्वीकृती लिई कार्यरत रहेका तथा जान लागेको नेपालीहरुले संसारको जुनै ठाउँबाट पनि बिना कुनै झन्झट आफू र आफ्नो परिवारको लागि निःशुल्क डिम्याट खाता खोली लाभन्वित हुन सक्नेछन् ।

यस योजनामा देश वा विदेशमा रहनुहुने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन एप्लाई गरी भिडियो केवाइसी सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । व्यक्तिले अनलाई रिक्वेस्ट गर्दा भिडियो केवाईसी छनौट गरी आफू अनुकूल समयमा अपोन्टमेन्ट लिई सो मार्फत तुरुन्तै अनलाईन डिम्याट खोल्न सकिने क्यापिटलको भनाइ छ ।

वि.सं.२०७९ पुस १२ मंगलवार ०९:१० मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...