back
CTIZAN AD

आँधिखोला लघुवित्तले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने

वि.सं.२०७९ पुस १२ मंगलवार

516 

shares

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेले वितरण गर्ने लाभांशको दर बढेको छ । ३१।५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत आवको मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने प्रस्तावित लाभांश दर अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ५७ प्रतिशतले बढी हो ।

लघुवित्त संचालक समितिको को पुस ८ गते भएको बैठकले लगानीकर्तालाई गत आवको मुनाफाबाट ३१।५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल यस लघुवित्तको चुक्ता पुँजी ११ करोड ९० लाख छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई यसको ३० प्रतिशतले हुन आउने ३ करोड ५७ लाख बराबरको बोनस शेयर वितरण गर्ने छ ।

यस्तै बोनस शेयर कर प्रयोजनका लागि १।५८ प्रतिशतले हुन आउने १८ लाख ७८ हजार ९४७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक तथा आउँदो वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिने छ । आर्थिक वर्ष २०७७/७८ मा लघुवित्तले लगानीकर्तालाई १९ प्रतिशत बोनस शेयर तथा १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

वि.सं.२०७९ पुस १२ मंगलवार ०८:५८ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...