काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले आगामी पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।
प्रतिनिधिसभाको जेष्ट सदस्यलाई सम्बोधन गर्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्वत् २०७९ साल पुस २५ गते सोमबारका दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेको छु।’
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशनका लागि सिफारिस गरेको थियो। प्रतिनिधि सभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ।
वि.सं.२०७९ पुस १२ मंगलवार १६:४२ मा प्रकाशित






























